दमक/
प्राच्य सस्कृत भाषा साहित्य र आधुनिक बिज्ञान तथा प्रविधिबीच समन्वयात्मक अध्ययन अध्यापन र अनुसन्धान गर्ने उद्धेस्यले स्थापना भएको प्रच्य बिज्ञान अनुसन्धान सस्थाको अध्यक्षमा पूःन प्राध्यापक मोहन भण्डारी चयन हुनु भएको छ ।
सस्थाले पहिलो साधरणसभा सम्पन्न गरेर आजै नयाँ कार्यसमिती समेत निर्माण गरेको छ । जसको उपाध्यक्षमा भूमि प्रसाद दाहाल सचिवमा कृष्ण भण्डारी, सह–सचिवमा रघुनाथ भण्डारी र कोषाध्यक्षमा भवकृष्ण खतिवडा चयन हुनु भएको छ ।
यस्तै सदस्यहरुमा डा. शिवेश चन्द्र रेग्मी, छन्दुराम भण्डारी, सङ्गीता सिग्देल, टंकप्रसाद ढकाल, लक्ष्मी बाह्रकोटी(प्रसाई), जीवन कुमार गुरुङ्ग, यमुना राई, डा. लेखनाथ न्यौपान, महेन्द्र प्रसाद भट्टराई, ललिता पौडेल, डीक बहादुर पाण्डे र जयन्द्र चुडाल चयन हुनु भएको सचिव भण्डारीले जानकारी दिनुभयो ।
साधारणसभाले आज तीन सदस्य लेखा समिती समिती पनि गठन गरेको छ । समितीको संयोजकमा अजीत कुमार अग्रवाल रहनु भएको छ भने सदस्यहरुमा कमल पौडेल र कृष्ण प्रसाद लुइटेल रहनु भएको जनाइएको छ ।