इटहरी/
मध्यपहाडी संकल्प यात्राको क्रममा नेकपा एमालेले तेह्थुमको बसन्तपुरमा मंसीर २८ गते गर्ने बिशाल आमसभाका लागि तयारी तिब्र पारेको छ ।
बसन्तपुरमा एमाले कोशी अध्यक्ष घनश्याम खतिवडाको अध्यक्षतामा बसेको बैठकले उपाध्यक्ष टीकाराम चेम्जोङ्गको संयोजकत्वमा मूल ब्यवस्थापन समिति गठन गरेको छ ।
समितिको सह संयोजक लक्ष्मण तिवारी रहनुभएको छ । २५ हजार बढि सहभागि गराइने आमसभालाई ब्यवस्थित र प्रभावकारी बनाउन टीकाराम चेम्जोङ्ग संयोजक र लक्ष्मण तिवारी सह संयोजक रहेको सचिवालय बनाइएको छ ।
बैठकले मोहन कुमार डाँगी संयोजक रहेको आर्थिक उपसमिति,बाबुराम थापा संयोजक रहेको स्वयँसेबक उपसमिति र शिब ढुँगाना संयोजक रहेको स्वास्थ्य उपसिमिति गठन गरेको छ ।
बसन्तपुरमा मंसीर २८ गते हुने बिसाल आमसभालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने छ । आमसभामा कोशी प्रदेशको बिकास र सम्बृद्धिका लागि तयार पारिएको खाँका पार्टी अध्यक्ष ओलीलाई बुझाउने कार्यक्रम छ । बैठकले कोशी प्रदेश नामाकरणका बारेमा शन्र्दभमा भएका सबै प्रक्रियाका बारेमा जनतालाई बुझाउन पर्चा बितरण गर्ने निणर्य गरेको छ ।
उपलब्ध केन्द्रियसदस्यहरु,सुनसरी,तेह्थुम,धनकुटा,संखुवासभाका पार्टी जिल्ला अध्यक्षहरु,प्रदेश कमिटिका सदस्यहरु लगायत सहभागि बैठकले ५सय जनाको स्वयँसेवक टोली निर्माण गरेको छ ।
आमसभाका क्रममा स्थानीय जातीय झाँकी सहित साँस्कृतिक कार्यक्रम गरिने एमाले कोशी प्रचार बिभाग प्रमुख लक्ष्मण तिवारीले बताउनुभयो । एमालेले मध्यपहाडको विकास र समृद्धिका लागि मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरु गरेको समृद्धिका लागि संकल्प यात्रा तेह्रौं दिन अर्थात मंसिर २६ गते कोशी प्रदेश प्रवेश गर्दैछ ।