दमक/
भोजपुरका प्रेम थापा अहिले झापाको दमकमा भेटिनु भयो । उहाँ अहिले कुनै कलेजमा स्नातक पढ्न भनेर कलेज जानु पर्ने उमेर हो । बेला हो । तर उहाँ अहिले कोरीयन भाषा पढीरहनु भएको छ । उहाँलाई विदेश जाने रहरले कोरियन भाषा पढ्नु भएको चाहि होईन । उहाँलाई नेपालमै बसेर सरकारी जागीर खान मन छ । तर बिना सोर्सफोर्स सरकारी जागीर खान नपाइने भन्ने बुझ्नु भयो । र उहाँले निर्णय गर्नु भयो कि अव यहाँ बसेर जीन्दगी नबन्ने रहेछ । त्यहि भएर उहाँ अव विदेश जाने सपना देखेर झापाको दमकमा रहेको कान्तीपुर एजुकेसनमा कोरियन भाषा पढ्न आएको बताउनु भयो ।
प्रेम मात्रै होइन । सञ्जु योङहाङले दमक बहुमुखी क्याम्पसबाट कक्षा १२ सक्नु भएको छ । अव ब्याचलर पढेर भन्दा कोरीयन भाषा पढेर नै छिटो विदेश जान पाइन्छ र मज्जाले पैसा कमाइन्छ भन्ने उहाँमा पनि लाग्यो । अन्य सिप सिक्दा यहाँ काम पाइला नपाइएला, काम अनुसारको दाम पाइएला नपाइला तर कोरियन भाषा पढेपछि कोरिया जान पाइन्छ र त्यहाँ अरुले पाउने जती आफुले कमाउन पाइन्छ भन्ने विस्वास उहाँमा छ ।
झापा शिवसताक्षी निवासी १९ वर्षका सरगम राईलाई पनि यहाँ बसेर केहि गर्न सकिन्छ भन्ने लागेकै छैन । यहाँको काम र कमाईले बिहान बेलुकाको छाक टार्न चाहि सकिएला तर बचत हुन गाह्रो छ भन्ने उहाँलाई लाग्यो । त्यसैले कलिलो उमेरमै विदेश जाने सपना दखेर उहाँ पनि कोरियन भाषा पढिरहनु भएको छ ।
मोरङबाट कक्षा १२ सकेर स्नातक पढ्न कलेज जानु भन्दा कोरीयन भाषा पढनुनै उत्तम हुने निष्कर्षमा पुग्नु भएको छ संगीत पाण्डे । स्नातक पढ्न ४ वर्ष लाग्छ । ४ वर्षको अवधि, अनी त्यसमा लाग्ने खर्च । यत्तीको समय लगाएर पढेर प्राप्त हुने सर्टिपिकेटले भोली यहाँ स्थाई जागीर दिन्छ भन्ने कुरामा पाण्डेलाई विस्वास छैन । बरु ४ वर्षमा बिवदेश गइयो भने केहि पैसा कमाएर ल्याउन सकिन्छ भनेर उहाँ अहिले कोरियन भाषा पढ्न थालेको प्रतिकृया दिनुहुन्छ ।
हो यस्ता हजारौ यूवाहरुले देशमा भविष्य देख्न छोडे । अधिकांश तन्नेरीहरु देश छोड्ने प्रतिस्पर्धामा निस्केका छन् । सबैभन्दा उत्पादनशिल जनशक्ति विदेश गइरहदा यो देश कस्ले बनाउने भन्ने चिन्ता तल्लो स्तरमै हुन थालेको छ । तर यसको निराकारण निकाल्न ल्यायकत राख्ने सरकार भने रेमिट्यान्सलाई आफ्नो प्रमुख आम्दानीको श्रोत बनाएर गज्क्क भएर बसीरहेको छ । यसतर्फ ध्यान खासमा अझै पुग्नै सकेको छैन । जसले गर्दा नेपाली यूवाहरुले विदेशलाई उर्भर बनाइरहेका छन् । आफ्नो उर्भर भूमि नेपाललाई मरुभूमिमा परिणत गरिरहेका छन् ।
भिडियो हेरौं