नस तथा स्नायू सम्बन्धीका बिरामी भन्छन् ‘बिराटनगर जानुपर्ने बाध्यता हट्दै गयो’ (भिडियोमा हेरौ)

दमक/

झापाको दमक ५ का यूख बहादुर लुईटेललाई नसा सम्बन्धीको बिराम छ । यसको उपचार गर्न उहाँ दमक बाहिरका अस्पतालमा धाईरहनु पर्छ । तर अहिले भने बिराटगरका विषेशज्ञ चिकित्सक दमकमै आएर त्यो पनि निशुल्क उपचार पाउन थालेपछि भने उहाँ दङ्ग हुनुहुन्छ । भन्नु हुन्छ ‘बिराटनगर जाने बाध्यता हट्न थाल्यो ।

खासगरी जेष्ठ नागरिकमा यस नसा तथा स्नायू सम्बन्धीका समस्याहरु बढि देखिने गर्छन । त्यहि भएर जेष्ठ नागरिक दमक नगर समितीका सचिव समेत रहनु भएका गंगा प्रसाद संग्रौला आफ्नो स्वास्थ्य चाँज गर्न आउनु दमक हस्पिटल एण्ड रिसर्च सेण्टरमा भेटिनु भयो । अस्पतालले आयोजना गरेको यस्तो शिविरबाट लक्षित वर्गमा सेवा पुगेको महसुस उहाँमा छ ।

दमक सहित आसापासको क्षेत्रमा मुटु तथा नसा सम्बन्धी समस्या भएका बिरामीहरु समस्या लीएर आउन थालेको अस्पतालका प्रशाषक गणेश बास्कोटाले बताउनु भयो । यस्ता बिरामीहरुले दमकमा सहज उपचार नपाएर दमक बाहिर जानु परेको दुखदायी अवस्था अस्पतालले महसुस गर्यो । त्यहि भएर बिराटनगरको नोबेल मेडिकल कलेजका प्रोफेसर न्यूरो सर्जन डा. प्रकाश काफ्लेको टीमलाई दमकमा बोलायो । डा. काफ्लेसँग बिरामीले निशुल्क परिक्षण गराए । केहि औषधी निशुल्क पनि पाए । उहाँलाई परिक्षण गराउनैकालागि पनि बिराटनगर सम्म धाउनु पर्ने समस्याको अन्त्य गर्न पनि यो प्रकारको शिविर गरिएको बास्कोटाले जानकारी दिनु भयो ।

शिविरमा दमक सहित आसपासबाट सयौको संख्यामा सेवाग्राहिले आएर न्यूरो सम्बन्धीको उपचार पाएका थीए ।

भिडियोमा हेरौ 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मेची राजमार्गको इलाम खण्ड गम्भीर संकटमा

इलाम ,११ जेठ। पूर्वी पहाडको लाइफलाइन (जीवनरेखा) मानिने मेची राजमार्गको इलामस्थित माईखोला राजदुवाली – गोलाखर्क भञ्ज्याङ् खण्ड यतिबेला गम्भीर संकटमा परेको छ। करिब ३ किलोमिटर

जनआस्था कार्यालयको गेटमा रक्सी र ५० हजार नगद, फसाउने षड्यन्त्र  भएकाे श्रेष्ठकाे दाबी

काठमान्डौं ,११ जेठ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा निवर्तमान गृहमन्त्री सुधन गुरुङका शंकास्पद गतिविधिबारे समाचार प्रकाशन गरिरहेको जनआस्था साप्ताहिक र त्यसका प्रधानसम्पादक किशोर

समयमै आयोजना सम्पन्न गर्न कानुनी सुधारको तयारी:मन्त्री गौतम

काठमाडौं,११ जेठ। प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यक्षेत्र, चालु आर्थिक वर्षको प्रगति समीक्षा, आगामी कार्ययोजना तथा

नागरिकको घरदैलोमै सरकारी ‘कुरियर’

काठमाडौँ,११ जेठ।सरकारले सार्वजनिक सेवा प्रवाहलाई नागरिकको घरदैलोमै पु¥याउने उद्देश्यले सुरु गरेको सरकारी ‘कुरियर’ सेवा देशका ६० जिल्लामा विस्तार भएको छ। हुलाक सेवा विभागले राहदानी (पासपोर्ट),

सेबोन अध्यक्ष नियुक्ति आजै टुङ्गिने सम्भावना

काठमाडौं,११ जेठ । आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बस्दैछ । उक्त बैठकले नेपाल धितोपत्र बोर्ड (सेबोन) को नयाँ अध्यक्ष