नस तथा स्नायू सम्बन्धीका बिरामी भन्छन् ‘बिराटनगर जानुपर्ने बाध्यता हट्दै गयो’ (भिडियोमा हेरौ)

दमक/

झापाको दमक ५ का यूख बहादुर लुईटेललाई नसा सम्बन्धीको बिराम छ । यसको उपचार गर्न उहाँ दमक बाहिरका अस्पतालमा धाईरहनु पर्छ । तर अहिले भने बिराटगरका विषेशज्ञ चिकित्सक दमकमै आएर त्यो पनि निशुल्क उपचार पाउन थालेपछि भने उहाँ दङ्ग हुनुहुन्छ । भन्नु हुन्छ ‘बिराटनगर जाने बाध्यता हट्न थाल्यो ।

खासगरी जेष्ठ नागरिकमा यस नसा तथा स्नायू सम्बन्धीका समस्याहरु बढि देखिने गर्छन । त्यहि भएर जेष्ठ नागरिक दमक नगर समितीका सचिव समेत रहनु भएका गंगा प्रसाद संग्रौला आफ्नो स्वास्थ्य चाँज गर्न आउनु दमक हस्पिटल एण्ड रिसर्च सेण्टरमा भेटिनु भयो । अस्पतालले आयोजना गरेको यस्तो शिविरबाट लक्षित वर्गमा सेवा पुगेको महसुस उहाँमा छ ।

दमक सहित आसापासको क्षेत्रमा मुटु तथा नसा सम्बन्धी समस्या भएका बिरामीहरु समस्या लीएर आउन थालेको अस्पतालका प्रशाषक गणेश बास्कोटाले बताउनु भयो । यस्ता बिरामीहरुले दमकमा सहज उपचार नपाएर दमक बाहिर जानु परेको दुखदायी अवस्था अस्पतालले महसुस गर्यो । त्यहि भएर बिराटनगरको नोबेल मेडिकल कलेजका प्रोफेसर न्यूरो सर्जन डा. प्रकाश काफ्लेको टीमलाई दमकमा बोलायो । डा. काफ्लेसँग बिरामीले निशुल्क परिक्षण गराए । केहि औषधी निशुल्क पनि पाए । उहाँलाई परिक्षण गराउनैकालागि पनि बिराटनगर सम्म धाउनु पर्ने समस्याको अन्त्य गर्न पनि यो प्रकारको शिविर गरिएको बास्कोटाले जानकारी दिनु भयो ।

शिविरमा दमक सहित आसपासबाट सयौको संख्यामा सेवाग्राहिले आएर न्यूरो सम्बन्धीको उपचार पाएका थीए ।

भिडियोमा हेरौ 

 

Share: