Search
Close this search box.

दमक/
झापा दमक नगरपालिकाकी उप प्रमुख रेगिना भट्टराई प्रसाईले नगरको कार्यपालिकाको बैठकमा फरक प्रस्ताव पेष गर्न अनुरोध गर्नु भयो ।
प्रस्ताव थियो जाजरकोटका भुकम्प पीडतकालागि राहत वितरण वितरण गर्ने । हुन त त्यहाँ केन्द्र सरकार र त्यहाँको प्रदेश सरकारले राहतका काम गरिरहेको छ । यद्यपी पश्चिमको दुखले पूर्वलाई पनि छुनु पर्छ भन्ने भावना राखेर उप प्रमुख भट्टराईले सो प्रस्ताव पास गराउनु भयो ।
सो प्रस्ताव पास भएपछि उहाँ भुकम्पले क्षती पुर्याएको स्थानमा पुग्नु भयो । दमकबाट भुकम्प प्रभावित क्षेत्र पुग्न ९ सय किलोमिटर भन्दा बढि बाटो छिचोल्दै पुग्नु पर्छ । प्रभावित ठाउँ पुग्न निरन्तरको गाडी यात्रामा २४ घण्टा सरदर लाग्ने गर्छ । यती लामो दुरीमा आफै गएर उहाँले प्रभावित क्षेत्रको निरीक्षण पनि गर्नु भयो ।

प्रभावित क्षेत्र पुग्दा त्यहाँ घरहरु भत्केका कारण स्थानीय नागरिकहरु पालमुनी बसेको, पर्याप्त पोषीलो खानेकुराको अभाव भएको, विद्यालय समेत भत्केका कारण बालबालिकाहरु विद्यालय जान बञ्चीत भएको , एक घर बाट अर्को घरमा जान समेत निकै जोखिम मोलेर जानु पर्ने गरिका दृष्यहरुको उहाँले प्रत्यक्ष अवलोकन र निरिक्षण गर्नु भयो ।

यसपछि उहाँले जरकोटका प्रभावितका लागि ३ लाख रुपैयाँ र पश्चीम रुकुमका प्रभावित नागरिकहरुलाई दुुई लाख रुपैयाँ सहयोग स्वरुप हस्तान्तरण गर्नु भयो । जाँजरकोट जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरिशचन्द्र शर्मा र रुकुम(पश्चिम) जिल्लाका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्त मार्फत भुकम्प प्रभावित राहत कोषमा रकम बराबरको चेक हस्तान्तरण गर्नु भयो ।

गत कार्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भुकम्पले जाजरकोट र रुकुम पश्चिमका अधिकांस घर भत्काएको छ भने जनधनको ठुलो क्षति भएको छ । अहिले त्यहाँका प्रभावितहरु चिसो कारण बाँच्नै सकस भइरहेको प्रतिकृया दिएका छन् ।

भिडियो हेर्रौ 

Share:

Facebook
Twitter
Email
WhatsApp