प्रावासीनेलाई सहज

बिदेश जानेलाई खोपमा प्राथमिकता

दमक/
सरकारले विदेश जानेहरुलाई प्राथमिकता दिएर काठमाण्डौका विभिन्न अस्पतालबाट जोन्सन एण्ड जोन्सनको खोप दिन सुरु गरेको छ । सैनिक अस्पताल छाउनी, शिक्षण अस्पताल महाराजगञ्ज, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, सशस्त्र प्रहरी अस्पताल बलम्बु, वीर अस्पताल, निजामती अस्पताल बानेश्वर, प्रसूति गृह थापाथली र टेकु अस्पतालबाट खोप लगाउन पाइने खोप शाखा प्रमुख सागर दाहालले जानकारी दिनुभयो ।

यी अस्पतालहरुबाट जोन्सनसँगै कोभिसिल्ड र भेरोसेलको खोप पनि पाइन्छ । जोन्सनको खोप भने विदेश जानेहरुलाई प्राथमिकतामा राखेर दिन थालिएको उहाँले बताउनुभयो । जोन्सनको खोप एक डोज मात्रै लगाउँदा हुने भएकाले विदेश जानेहरुले यही खोप खोज्ने गरेको छन् । गएको बिहीबार नेपालमा जोन्सन एण्ड जोन्सनको थप २१ लाख ७६ हजार ६ सय ५० मात्रा ल्याएपछि काठमाण्डौका अस्पतालहरुबाट वितरण थालिएको हो ।

यसअघि अमेरिकाबाट आएको यो खोप ५० देखि ५४ वर्ष उमेर समूहका नागरिक तथा अपाङ्गता भएका व्यक्ति, नेपालमा बसोबास गर्ने शरणार्थी, स्वास्थ्यकर्मी र सफाइकर्मीलाई दिइएको थियो । त्यसपछि वैदेशिक रोजगारीमा जानेहरुलाई पनि यो खोप दिइएको थियो । तर खोप पर्याप्त नहुँदा विदेश जानेहरुले पाउन सकेका थिएनन् । जोन्सनको खोप पाउने काठमाण्डौका अस्पतालहरुबाट भेरोसेल र कोभिसिल्डको खोप पनि लगाउन पाइने खोप शाखाले जनाएको छ ।

यसअघि कुनै एक केन्द्रमा एक किसिमको खोप पाउने गरेकोमा अब सबै केन्द्रमा एक मात्रा लगाए पुग्ने जोन्सन एण्ड जोन्सन र दुई मात्रा लगाउनुपर्ने भेरोसेल र कोभिसिल्ड खोप लगाउन सकिनेछ । खोप लगाउन छुटेका १८ वर्षमाथिका नागरिकलाई तोकिएको केन्द्रमा गएर खोप लगाउन सरकारले आग्रह गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापा महिला गोल्डकपको पहिलो सेमिफाइनल आज — पुलिस र संकटा खेल्दै

बिर्तामोड, कात्तिक २१ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज शुक्रबार पहिलो सेमिफाइनल खेल हुँदैछ । आज दिउँसो

जेनजीहरुसग ‘वान टु वान’ भेट गरिरहेका छौ : कार्की

उहाँले भन्नुभयो ‘हामीले सबै नेता तथा कार्यकताको तहबाट सबैखाले जेनजीहरुसग वान टु वान भेट गरिरहेका छौ । उनीहरुको भावना के हो भन्ने बुझिरहेका छौ ।

‘माओवादीको एकता एमालेसगै ठीक हुन्थ्यो’: बस्नेत (भिडियो संवाद)

‘एमाले बाहेकको बाम एकता नेपालमा सान्दर्भीक हुँदैन र नेपालमा कम्यूनिष्ट एकता र आन्दोलनलाई सार्थक बनाउने हो भने एमालेसगको एकतानै आजजको आवश्कता हो । ’

विमलाको ह्याट्रिकसँगै त्रिभुवन आर्मी सेमिफाइनलमा

बिर्तामोड, कात्तिक २० । एलभिडी झापा महिला गोल्डकप अन्तर्गत बिहीबार दुधे रंगशालामा सम्पन्न अन्तिम क्वार्टर फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले आरएस पोखरा