पौड्याल बंशको बराह महापुराण, लक्ष्य अधुरा संरचना बनाउने

दमक/
पौड्याल वंशोद्धार केन्द्रिय समितीले झापाको दमकमा श्रीमद भागवत तथा बराह महापुराण सप्ताह ज्ञान महायज्ञ गर्ने भएको छ ।
यही मंसिर २७ गतेदेखी पुष ४ गते सम्म पुराण लगाइने दमकमा पत्रकार सम्मेलन गरेर जानकारी गराइएको छ ।

समितीले दमक ७ स्थित लेखनाथ मार्गमा बराह मन्दिर समेत निर्माण गरिसकेको र एउटा भवन पनि निर्माण गरिसकेकोले बाँकी केहि अधुरा संरचना निर्माण गर्न यो पुराण आयोजना गरिएको पुराण आयोजक मुल समितीका प्रचार संयोजक कमल प्रसाद पौड्यालले पत्रकार सम्मेलनका क्रममा जानकारी दिनु भयो ।

पुराणमा आचार्य पं शान्तीराम नेपालले प्रमुखरुपमा कथा वाचन गर्नु हुने छ भने उहाँका सहयोगीका रुपमा उप वाचकद्धय पं लक्ष्मी नारायण पौड्याल र पं अग्नी प्रसाद पौड्याल रहनु भएको छ ।

Share: