भोजपुरमा ओलीलाई ‘किराती सत्कार’ सहितको स्वागत (भिडियोमा हेरौ)

भोजपुर/

ढोल झ्याम्टा झम झम बजीरहेको छ । लाग्छ यहाँ कुनै उद्योली वा उभोलीको मेला लागीरहेको जस्तो । एक अर्काको हात समाउँदै सोई ढोले सोईको भाका पनि गुञ्जीएका कारण माहोल किराती सत्कारको थियो ।

केहि खास कार्यक्रममा , खास व्यक्तिको आगमनमा स्वगत गर्न किरातीहरुले यसरीनै ढोल झ्याम्टा बजाउने गर्छन । यो उनीहरुको सस्कार हो । यही सस्कार सहितको स्वागत पाएका छन् नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले पनि ।

कोशी प्रदेशको नाम किरात नराखेको भन्दै बिभिन्न ठाउँमा पहिचानवादिहरुले ओलीको बाटो छेक्ने तथा कार्यक्रमनै अवरोध गर्ने जस्ता गतिविधि गर्दै आएका थीए । तर भोजपुरमा भने ओलीलाई किरातीहरुले आफ्नो सस्कार र सस्कृती सहित भव्य स्वावगत गरेका थीए ।

 

भोजपुरको चखेवा भञ्ज्याङमा एमाले अध्यक्ष ओलीसहित यात्रा अभियानमा हिंडेका नेता कार्यकर्तालाई किराँती सास्कृतिक झाकीसहित भव्य स्वागत गरिएको हो । टेम्केमैयुङ गाउँपालिकास्थित किरात राई यायोक्खा, अखिल नेपाल महिला संघ, स्थानीय युवा संघ र पार्टी पङ्क्तिले स्वागतमा उभीएका थीए ।

 

एमालेले सुरु गरेको मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राका क्रममा ओलीलाई भोजपुर स्वागत गरिएको कोशी प्रदेशकी पूर्वमन्त्री सिर्जना राईले जानकारी दिनु भयो ।

 

किराँती भेषमा सजिएका अध्यक्ष ओलीसहितका नेताहरुलाई स्वागत गर्न भोजपुर सहित विभिन्न स्थानबाट सांस्कृतिक भेषभूषामा स्थानीय उपस्थित भएका थिए ।

भिडियोमा हेरौ

 

Share: