दमकमा फोहोरसँग ‘फोहोरी राजनिती’ कहिले सम्म ? भिडियो संवाद

दमक/

दमकको फाहोर संकलन गर्ने र त्यसबाट उर्जा उत्पादन गर्ने भनेर यहाँ रहेको एक निजी कम्पनीले ठेक्का लिएको छ । तर अहिले सम्म न भनेजसरी फोहोर उठीरहेको छ न यहाँबाट उर्जा उत्पादन भएर उपभोक्ताले प्रयोग नै गर्न पाइरहेका छन् ।

समय समयमा बरु फोहोर उठ्न बन्द हुन्छ । तर यसबाट बन्ने उर्जा उपभोक्ता सम्म आउने कुरा छायामा मात्रै पर्छ ।

दमकमा कुहिने फोहोर दैनिक ३० टन सम्म उत्पादन हुन्छ भनेर दमक नगरपालिकाले फोहोरबाट उर्जा बनाउने परियोजना सञ्चालन गर्न सम्झौता गरेको छ । तर यहाँ कुहिने तथा उर्जा उत्पादन गर्न आवश्यक पर्ने फोहोर उत्पादन बढिमा १५ टन मात्रै भइरहेको फोहोर संकलन गर्ने जिम्मा लिएको नेक्स्ट इरा इनर्जी प्रालिले जनाएको छ ।

पर्याप्त फोहोर नभएका कारण यहाबाट उर्जा उत्पादन हुन सकिरहेको छैन । अन्य श्रोतको समेत प्रयोग गरेर उर्जा उत्पादन भएपनि उत्पादीत त्यो उर्जा अहिले खेर गइरहेकोछ ।

दमक नगरपालिकाले फोहोर संकलन गर्नकालागि भनेर सेवाप्रदायीक सस्थालाई सबै कर सहित ९ लाख रुपैयाँ मासिक भुक्तानी गर्दै आएको छ । बजारबाट मासिक १० लाख रुपैँया संकलन हुन्छ भनेर गरिएको प्रक्षपणपनि सफल नभएपछि मासिक ५ देखी ६ लाख रुपैँयामानै चित्त बुझाउनु परेको तर्क छ सेवा प्रदायक सस्थाको ।

 

दमक नगरपालिकाले संकलीत नकुहिने फोहोर फाल्नकालागि ठाउँ तोकिदिने र त्यसको व्यवस्थापन समेत गरिदिने सर्तमा उल्लेख छ । तर त्यसको समेत उचीत प्रबन्ध नगरिएका कारण संकलीत नकुहिने फोहोरलाई व्यवस्थापन गर्नै सकस छ ।

 

कहिले परियोजनाको प्राङ्गणमा फोहोर थुपारिएको छ त कहिले खोला खनेर थुपारिएको छ । अहिले हम्से दुम्से सामुदायीक वनभित्र फोहोर फाल्न दमक नगरपालिकाले ठाउँ तोकिदिएपछि अस्थाई रुपमा त्यहाँ फोहोर फाल्न थालीएको छ ।

 

बेला बेला दमक नगरपालिकाले भुक्तानी गर्ने रकम समेत समयमा नदिएपछि पनि सेवा प्रदायक सस्थाले फोहोर संकलनको कामनै ठप्प पार्ने गरेको छ । कहिले बजारबाट पर्याप्त पैसा संकलन भएन यसमा नगरपालिकाले गर्नु पर्ने समन्वयनै पुगेन भन्दै पनि सेवा अवरोध हुने गरेको छ ।

 

खास गरि दमकमा फोहोरमा फोहोरी राजनिती कहिले सम्म भनेर हामीले सेवा प्रदायक सस्था नेक्स्ट इरा इनर्जीका प्रबन्ध निर्देशक बिमल खतिवडासँग कुराकानी गरेका छौ ।

उहाँसगको संवादको भिडियोको लिंक यहाँ राखीएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रुखबाट लडेर झापामा एक जनाको मृत्यु

झापा, १० माघ । रुखबाट लडेर झापा गाउँपालिकामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । हिजो बिहान १०ः३० बजे झापा गाउँपालिका वडा न.६फुलगाछी बस्ने

फेरिएको दमक बजारको चमक

दमक ९ माघ । पाँच–छ वर्ष अगाडि दमकको अवस्था सम्झिँदा आज पनि धेरैको मन भारी हुन्छ। धुलाम्मे सडक, अव्यवस्थित बजार, जताततै भीड र दुर्घटनाको डर।

दमक क्याम्पसमोडबाट आम्दा जाने सडकले दिएको सहजता

दमक,९ माघ।घरबाट बाहिर निस्किएपछि हरेक व्यक्तिको गन्तव्य सडकसँग जोडिएको हुन्छ। विद्यालय जाने विद्यार्थीदेखि कार्यालय जाने कर्मचारीसम्म, सबैको दिनको सुरुवात सडकबाट नै हुन्छ। सडक व्यवस्थित भयो