दमक/
दमकको फाहोर संकलन गर्ने र त्यसबाट उर्जा उत्पादन गर्ने भनेर यहाँ रहेको एक निजी कम्पनीले ठेक्का लिएको छ । तर अहिले सम्म न भनेजसरी फोहोर उठीरहेको छ न यहाँबाट उर्जा उत्पादन भएर उपभोक्ताले प्रयोग नै गर्न पाइरहेका छन् ।
समय समयमा बरु फोहोर उठ्न बन्द हुन्छ । तर यसबाट बन्ने उर्जा उपभोक्ता सम्म आउने कुरा छायामा मात्रै पर्छ ।
दमकमा कुहिने फोहोर दैनिक ३० टन सम्म उत्पादन हुन्छ भनेर दमक नगरपालिकाले फोहोरबाट उर्जा बनाउने परियोजना सञ्चालन गर्न सम्झौता गरेको छ । तर यहाँ कुहिने तथा उर्जा उत्पादन गर्न आवश्यक पर्ने फोहोर उत्पादन बढिमा १५ टन मात्रै भइरहेको फोहोर संकलन गर्ने जिम्मा लिएको नेक्स्ट इरा इनर्जी प्रालिले जनाएको छ ।
पर्याप्त फोहोर नभएका कारण यहाबाट उर्जा उत्पादन हुन सकिरहेको छैन । अन्य श्रोतको समेत प्रयोग गरेर उर्जा उत्पादन भएपनि उत्पादीत त्यो उर्जा अहिले खेर गइरहेकोछ ।
दमक नगरपालिकाले फोहोर संकलन गर्नकालागि भनेर सेवाप्रदायीक सस्थालाई सबै कर सहित ९ लाख रुपैयाँ मासिक भुक्तानी गर्दै आएको छ । बजारबाट मासिक १० लाख रुपैँया संकलन हुन्छ भनेर गरिएको प्रक्षपणपनि सफल नभएपछि मासिक ५ देखी ६ लाख रुपैँयामानै चित्त बुझाउनु परेको तर्क छ सेवा प्रदायक सस्थाको ।
दमक नगरपालिकाले संकलीत नकुहिने फोहोर फाल्नकालागि ठाउँ तोकिदिने र त्यसको व्यवस्थापन समेत गरिदिने सर्तमा उल्लेख छ । तर त्यसको समेत उचीत प्रबन्ध नगरिएका कारण संकलीत नकुहिने फोहोरलाई व्यवस्थापन गर्नै सकस छ ।
कहिले परियोजनाको प्राङ्गणमा फोहोर थुपारिएको छ त कहिले खोला खनेर थुपारिएको छ । अहिले हम्से दुम्से सामुदायीक वनभित्र फोहोर फाल्न दमक नगरपालिकाले ठाउँ तोकिदिएपछि अस्थाई रुपमा त्यहाँ फोहोर फाल्न थालीएको छ ।
बेला बेला दमक नगरपालिकाले भुक्तानी गर्ने रकम समेत समयमा नदिएपछि पनि सेवा प्रदायक सस्थाले फोहोर संकलनको कामनै ठप्प पार्ने गरेको छ । कहिले बजारबाट पर्याप्त पैसा संकलन भएन यसमा नगरपालिकाले गर्नु पर्ने समन्वयनै पुगेन भन्दै पनि सेवा अवरोध हुने गरेको छ ।
खास गरि दमकमा फोहोरमा फोहोरी राजनिती कहिले सम्म भनेर हामीले सेवा प्रदायक सस्था नेक्स्ट इरा इनर्जीका प्रबन्ध निर्देशक बिमल खतिवडासँग कुराकानी गरेका छौ ।
उहाँसगको संवादको भिडियोको लिंक यहाँ राखीएको छ ।