पाँचथर
पाँचथरको फिदिम बजारबाट करिव १ सय किलोमिटर पूर्व चिवाभञ्जाङमा एमालेका नेताहरु र स्थानीयबासीहरु एका एका भेला भएका थीए ।
नेपाल तर्फ पाँचर अनी भारत तर्फ सिक्कीमको सिमानामा रहेको यो स्थानमा मानीसहरु एकाएक भेला भएपछि त्यहाँको माहोलले एउटा उल्लासपन ल्याएको थियो ।
यो ठाउँमा बिरलै मात्रामा यत्तीको संख्यामा सर्वसाधरणहरुको भेला हुने गर्र्दछ । अझ राष्ट्रिय स्तरका नेताहरुको गन्तव्य त यहाँ परेकै छैन ।
तर बैतडीको झुलालघाटबाट सुरु भएको नेकपा एमालेको संकल्प यात्रा पाँचथरको चिवाभन्ज्याङ पुगेर समापन भएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले चिवाभन्ज्याङको जंगे पिलरमा चन्द्र सूर्य फहराएर संकल्प यात्राको समापन गर्नुभयो ।
आज छैटौँ राष्ट्रिय झण्डा दिवसका अवसरमा देशभरि विभिन्न कार्यक्रम आयोजना भइरहँदा संकल्प यात्रामा निस्किएको एमालेको टोलीका सदस्यहरू भने नेपालको पूर्वी सिमाना चिवाभञ्ज्याङमा राष्ट्रिय झण्डा फहराए ।
मध्य पहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा छन् ।
झण्डै २ हजार किलोमिटर मध्यपहाडी यात्राको औपचारिक समापन नेपालको पाँचथरको र भारतको सिक्किमको सीमास्थित चिवा भञ्ज्याङमा दिउँसो सवा १२ बजे नेपालको राष्ट्रिय झण्डा-उत्तोलन गरी गरेका हुन् । मङ्सिर १४ देखि सुरुआत भएको झुलाघाट-चिवाभञ्ज्याङ मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि सङ्कल्प यात्रा समापनको अवसरमा अध्यक्ष ओलीले झण्डोत्तलनसँगै शीलालेखको अनावरणसमेत गरे ।
झण्डोत्तोलनपछि सङ्कल्प यात्राबारे बोल्दै अध्यक्ष ओलीले राजनीतिक हिसाबले जनतामा निराशा फैलाइएको अवधिमा यात्राले जनतामा निराषा फैलाइएको जनतामा उत्साह फैलिएको विश्वास व्यक्त गरे । अन्य पार्टीमा समेत अभियानले प्रभाव पारेको ओलीले बताए ।
आफ्ना ठाउँका विशेषता, परिचय, समस्यालगायतका विषय ध्यानाकर्षण, मागपत्र ज्ञापनपत्रद्वारा नागरिकबाट बुझ्ने मौका पाएको बताउँदै ओलीले वैचारिक र जानकारीका हिसाबले पार्टीलाई मजबुद बनाएको र समस्या समाधानका लागि पार्टीलाई कार्ययोजना प्राप्त भएको बताए ।
‘देशको राजनीति अलमलमा छ, देशको समय, जनताको आयु, पिढीको समय खेर गएको छ,’ अध्यक्ष ओलीले भने, ’सङ्कल्प यात्राले देश विकास र समृद्धिको दिशामा अघि बढाउन असाधारण भूमिका खेलेको छ ।’
एमाले चुनौतीको सामना गर्न सक्छ भन्ने दृष्टान्त यात्राले दिएको अध्यक्ष ओलीले बताए ।’सङ्कल्प यात्राले अवाञ्छित चिन्तन, विचारलाई हतोत्साहित गरेको छ, देश र जनताको हितलाई सर्विपरी ठान्न्ने आम जनताको मनोबल उच्च भएको छ,’ अध्यक्ष ओलीले भने, ’सबै नेपालीलाई एकतामा बाँध्ने प्रेरणा सङ्कल्प यात्राले दिएको छ ।’