Search
Close this search box.

पाँचथर/
पूर्वि नेपालको पाँचथर जिल्लामा अवस्थित फिदिम नगरपालिका वडा नं ८ मा रहेको एउटा पहाडको शिरमा छ साधुटार पोखरी ।
वरीपरि हिमालका सुन्दर दृश्य छन् । सल्ला, उत्तीस, कटुस तथा अन्य ठुलाखाले रुखहरुको जंगल छ । पहाडको टुप्पामा एउटा सानो चिटिक्क परेको पोखरी छ । पोखरीको पानी समुन्द्रको जस्तै निलो छ ।
यो ठाउँ पुग्नकालागि झापाको बाटो हुदै इलाबाट राके बजार र राके बजारबाट पौवा भञ्ज्याँङ पुगेपछि बाटो मोड्नु पर्छ । पूर्व तर्फ मोडिएको त्यो बाटोबाट करिव २ किलोमिटर पूर्व तथा उत्तर तर्फको एउटा पहाडको डाँँडामा यो पोखरी रहेको छ ।
यहाँ मोटरसाईकल जान्छ । अली ठुला अथवा फोर ह्विल गाडीहरु सजीलै जान्छन् भने साना आकारका कारहरु जान केहि मुस्किल छ ।
साथै हिडेरै जान पनि साधुटार जाने फेदी देखी करिव आदा घण्टाको पैदल यात्रा गर्दा यो ठाउँ पुगिन्छ ।
केहि दिन अघी दमकका केहि पत्रकारहरुको टोली नयाँ गन्तव्यको पहिचान गर्दै साधुटार पुगेको थियो । त्यहाँको सुन्दरताको बारेमा आफै आफै पनि केहि गफ गाफ भए ।

हामी त्यहाँ पुग्दा जे देखियो जे महसुस गरियो हामीले त्यहिरुपमा संवाद गर्यौ । यो संवाद नितान्त हाम्रो व्यक्तिगत मात्रै थियो । सुन्दर दृश्य हेर्र्दै मनमा साधुटारलाई राख्दै हामी आफ्नो गन्तवयमा फर्किरहेका थियौ । यही क्रममा हामीले केहि स्थानीयहरुलाई बाटामा भेट्यौ । साधुटारका बारेमा केहि जान्नु भएको छ कि भन्ने लागेर हामीले बाटामा भेटिनु भएका आश बहादुर सुनुवारलाई भेट्यौ र उहाँले साधुटारका बारेमा जानेजती कुरा हामीलाई दिल खोलेर सुनाउनु भयो ।

सुनार जातिहरुले होमादि गरेर आफ्ना इष्ट देवतालाई पुकार्ने थलो भएकोले साधुटार नामांकित भएको सो क्षेत्रमा नवनिर्मित खानेपानीको ट्याङ्की बनाउने क्रममा खेर गएको पानी जमेपछि त्यस क्षेत्रको चर्चा रहेको यसका जानकारहरु बताउँछन्। आकाशको छाया पोखरीमा टल्किनु पोखरीको पानीमा हिमालको छायाँ देखिनु वास्तवमै यो ठाउँ निकै मनमोहक र आनन्दीय छ ।

भिडियोमा हेरौ

 

Share:

Facebook
Twitter
Email
WhatsApp