दमक/
दृश्य एक
शरिरमा सेता कपडा , शिर छोप्न पनि उस्तै टालोको प्रयोग । सेता कपडामा रातो रङ्ग पोतीएको जस्तो । लाग्छ यहाँ अहिले रङ्गहरुको पर्व होली खेलीरहिएको छ । किनकी सबैजना होलीमा जस्तै गरेर रमाउँदै । एकले अर्काको कपडामा रातो छाप लगाइदिरहेका छन् । तर यहाँ कुनै होली खोलीएको हैन । रातो रङ्ग दलिएको पनि हैन । यो त हो बोकालाई बली दिएर आएको रगत । यहि रगत यहाँ पोतीएको हो । एक आपसमा दलीएको हो ।
दृश्य दुई,
सबैको हातमा खसी बोकाको दाम्लो छ । सबैले एउटै रङ्गका बोकाहरु डोर्याइरहेका छन् । लाग्छ दशै आउँदै छ । दशैको खर्च जोह गर्न घरमा पालीएको खसी बोका बेच्न बजारमा लगिएको । वा बजारबाट किनेर घर लैजान ठिक्क पारिएको । तर यो त्यस्तो स्थिती भने हैन । यी बोकाहरु ब्लि चढाउन भनेर ल्याएको हो । नेपालका बिभिन्न ठाउँबाट आफ्नो कुलको रक्षा गर्न भन्दै झापाको दमकमा रहेको भट्टराई कुल बंश प्रतिस्ठानमा बोका बलि चढाउन आउनेहरुको भीड हो ।
झापा बिर्तामोडबाट आउनु भएका धमेन्द्र भट्टराई बिगत नौ दिन देखी यही बस्नु भएको छ । यसरी धेरै दिन सम्म बस्नेहरुकालागि कुटि निर्माण गरिएको छ । सबैलाई बसुञ्जेल निशुल्क खाना खुवाइएको छ । कुल पुजा गर्न भन्दै देश तथा विदेशबाट आएका लाखौ हजारौ भट्टराई बन्दुहरु बली दिन आएको उहाँले जानकारी दिनु भयो ।
प्रत्येक तीन तीन वर्षमा यहाँ यसरीनै भट्टराईहरुको जमघट हुन्छ । आफ्नो कुलको रक्षा गर्न भन्दै बोकाको बली दिइन्छ । यो पटक पनि त्यसैलाई निरन्तर्ता दिइएको प्रतिस्ठानकी उपाध्यक्ष कृतिका भट्टराईले उल्लेख गर्नु भयो । उहाँ भन्नु हुन्छ ‘आफ्नो भाकल पुरा गर्न र गरिएका भाकल पुरा समेत हुने विस्वासकासाथ यहाँ बली दिइने गरिन्छ । ’
यहाँ आउनेहरुले अग्रीम रुपमा बोका लिएर आउछु भनेर जानकारी गराउनु पर्छ । त्यसरी टाढाबाट आउनेहरुलाई यही बस्नकालागि एक हजार भन्दा बढि टहरा अर्थात कुटि बनाएर राखीएको छ । बली दिन आउनेहरुले अघील्लै दिन दियो बालेर पुजाको विधि सुरु गर्ने गर्छन । र रातभर जाग्रम समेत बस्ने गरिन्छ । र भोलीपल्ट तान्त्रीक बिधि पुरा गरेपछि मात्रै बोकाको बली दिइने चलन रहेको प्रतिस्ठानका सचिव जिवराज भट्टराईले जानकारी दिनु भयो । तान्त्रीक बिधिमा बोको बली दिने चलन छ भने अर्को वैदिक विधिमा चाहि बोका रहित बलि दिने पनि व्यवस्था गरिएको छ ।
यहाँ १५ सय २९ वटा बोकाको बली दिइएको यहाँको व्यवस्थापन समितीले जानकारी दिएको छ ।
योसँगै यो पटकको भट्टराई कुल बंशको कुल पुजा तथा देवाली पनि समापन भएको छ ।
भिडियो