दमक नगरद्धारा ‘जेष्ठ नगर पिता’ घोषणा, नयाँ इतिहाँस रचेको नगर प्रमुखको भनाई (भिडियोमा हेरौ)

jestha nagarik

दमक/

 

दमक नगरपालिकाले नगरमा रहेका उमेरमा सबै भन्दा पाका व्यक्तिलाई जेष्ठ नागरिक पिता घोषणा गरेको छ ।

बुधबार नगरसभाहलमा औपचारीक कार्यक्रमको आयोजना गरेर नगरका प्रमुख राम कुमार थापाले जेष्ठ नगर पिता घोषणा गर्नु भएको हो ।

 

दमक १ निवासी धनन्जय घिमिरे उमेरले १ सय ६ वर्ष पुरा भइ एक १ सय ७ वर्षमा प्रवेश गर्नु भएकोमा उहाँलाई नगरकै जेष्ठ नगरपिता घोषणा गरिएको हो । नगरको पञ्जिकरण शाखाले दिएको तथ्यांकमा आधारमा उहाँनै सबै भन्दा धेरै उमेरको भएकोले जेष्ठ पितामा पर्नु भएको जनाइएको छ । यो कामलाई नगरका प्रमुख थापाले नगरकै इतिहाँसमा ऐतिहाँसीक काम भएको भनी ब्याख्या पनि गर्नु भएको छ ।

 

यो कार्यक्रम गर्न दमक नगरको १३ औ नगरसभाले पारित गरेको पनि उहाँले सो कार्यक्रममा जानकारी गराउनु भयो । यो कार्यक्रम गर्ने प्रेरणा चाहि इलामको सुर्योदयन गरपालिकाबाट मिलेको नगर प्रमुख थापाको भनाई छ । त्यहाँ १ सय ४ वर्ष उमेर पुगेकोलाई नगरमाता भनेर घोषणा गरिएको रहेछ हाम्रोमा त्यो भन्दा धेरै वर्षका जेष्ठहरु हुँदा उहाँहरुलाई किन नगर्ने भन्ने भएर कार्यक्रम गरिएको उहाँले सो कार्यक्रममा बोल्ने क्रममा जानकारी दिनु भयो ।

 

नगरले दमक १ निवासी १सय ७ वर्षका धनन्जय घिमिरेलाई जेष्ठ नगर पिताको रुपमा सम्मान गर्दै अन्य लाई समेत सम्मान गरेको छ । सम्मानीत हुनेहरुमा दमक ८ निवासी १ सय ६ बर्षिय कुबेर बहादुर श्रेष्ठ, दमक ३ निवासी १ सय ६ वर्षीया नरमाया सोराली मगर , दमक १० निवासी १ सय ५ वर्षीया नर्वदा खनाल , दमक ७ निवासी १ सय ५ बर्षीया मिना देवी कार्की र दमक १ निवासी १ सय १ वर्षीया चन्द्रमाया लावतीलाई सम्मान गरेको हो । सम्मानीतहरुलाई थर्मकोट, ज्याकेट, जुत्ता, मोजा र हर्लीक्स प्रदान गरिएको थियो । सँधैभरी घरको भीत्तामा आकर्षक तरिकाले सजीरहोस भन्न आँखीझ्याल सहितको फ्रेममा सम्मान पत्र बनाएर सम्मान गरिएको कार्यक्रमको अध्यक्षता समेत गर्नु भएकी नगरकी उप प्रमुख रेगिना भट्टराई प्रसाईले जानकारी दिनु भयो । कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधी, तथा अन्य सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

भिडियो हेरौ

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दोस्रो पथरी शनिश्चरे म्याराथनको उपाधि भिसन र अंकितालाई

पथरी, २९ बैशाख / ‘खेलकुद राष्ट्रको शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराकासाथ दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत म्याराथन दौड प्रतियोगिता

हिजाे साँझको हावाहुरीले झापामा कहाँ कहाँ कति क्षति भयाे ?

दमक , २८ बैशाख ।  आइतबार साँझ झापामा एकाएक हावाहुरी सहित भारी बर्षा भएकाे छ । आँधिहुरीका कारण जिल्लाका विभिन्न स्थानमा क्षति पुर्याएको जिल्ला प्रहरी

तीनकुने घटनामा संलग्न शिव सेनाका अध्यक्ष पक्राउ

दमक, २८ बैशाख / चैत १५ गते राजावादीहरुको हिंसात्मक प्रदर्शनको आरोपमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।   गत चैत

स्वस्थ जीवनका लागि युटर्नको सन्देश

पथरी, २८ बैशाख / मोरङको पथरी शनिश्चरेमा युटर्न इन्टरनेसनल प्रालिले स्वस्थ जीवन जिउने सन्दर्भमा सन्देशात्मक कार्यक्रम सम्पन्न गरेको छ ।   वडा नम्बर ९ स्थित