झापामा पुष यता मात्रै हात्तीले दुईजनाको ज्यान लियो

दमक/
हात्तीको आक्रमणबाट झापामा थप एक जनाको मृत्यु भएको छ ।

शिवसताक्षी नगरपालिका-११, दूधेका ४५ वर्षीय मेघराज राईको बिहीबार राति हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला डिभिजन वन कार्यालय झापाले जनाएको छ ।

गत पुस ४ मा हल्दिबारी-४, पाराखोपीका ६० वर्षीय पाताल राजवंशी र मंसिर १५ मा हल्दिबारी-३, का वन हेरालु ४० वर्षीय धनबहादुर बनको पनि हात्ती आक्रमणवाट मृत्यु भएको थियो ।

Share: