जव हात्तीको बथान उज्यालोमै गाउँ पस्यो, गाउँलेहरुमा देखिएको त्यो त्रास (भिडियोमा हेरौ)

दमक/
रातको समयमा मानव बस्ति भीत्र हात्ती पस्ने र बिभिन्न क्षती गर्दै आएका खवर तपाईले प्राय सुनिरहनु भएको होला । तर एका बिहानै गाउँमा हात्तीको बथाननै पसेपछि त्यहाँको स्थिती के होला ?

राती सबै सुतेको बेला केहि हात्ती गाउँ तथा बस्ति पस्ने र घर तथा बालीमा क्षती पुगेपनि त्यसको त्रास सम्बन्धीत पक्षलाई मात्रै हुने गरेको थियो ।
तर बिहानै हात्ती गाउँमा पसेपछि भने त्यसको त्रास पुरै गाउँमा फलियो ।

यो घटना हो पूर्वि नेपालको मोरङ जिल्लाको । मोरङको उर्लाबारीतिर हात्तीको हुल प्रवेश गरेपछि स्थानीय त्रसित भएका हुन ।

 

रतुवामाई नगरपालिका-९ स्थित झर्ना टोलबाट वडा नम्बर १० गोप्पेश्वर मन्दिरको बाटो हुँदै हात्तीको हुल बिहिबार बिहान उर्लाबारीतिर प्रस्थान गरेको हो ।

 

९ वटा जंगली हात्ती बस्तीमा प्रवेश गरेपछि स्थानीयमा बिभिन्न चिच्याहट आवाज सुनिएका थियो । सामाजीक सञ्जालमा अपलोड भएका भीडयो हेर्दा लाग्छ हात्ती प्रवेश गरेको गाउँमा निकै त्रास र डर भरीएको छ । हात्तीले गर्ने क्षती बारेमा उनीहरु त्रसीत भएको अनुमान भीडियोमा सुनिएको आवाजबाट प्रष्ट हुन सक्छ ।

त्यसरी हात्ती गाउँपसेपछि स्थानीय वनका कर्मचारी तथा सुरक्षाकर्मी मिलेर बक्राहा खोलातिर धपाउने काम भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी नायव उपरीक्षक देवेन्द्र दासले जानकारी दिनु भयो ।

मानीसहरु डराइरहेपनि हात्तीले कुनै मानवीय र धनजनको क्षति भने गरेको छैन । महिना दिनअगाडिदेखि झापा मोरङ तथा सुनसरीमा हात्तीले हल्लीखल्ली मच्याएको छ ।

भिडियोमा हेरौ

 

Share: