काठमाडौं । नेपाल-भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठक सुरु भएको छ । होटल याक एन्ड यतीमा आयोगको बैठक सुरु भएको हो ।
बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री एस जयशंकर आजै बिहान नयाँ दिल्लीबाट काठमाडौँ आइपुगेका छन् । बैठकमा द्विपक्षीय सहकार्य र आपसी हितका विविध विषयमा समीक्षा र छलफल हुने जनाइएको छ ।