भुकम्प पीडितहरुका लागि नेशनल लघुवित्तको ५० लाख आर्थिक सहयोग

दमक/
नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड वनेपा,काभ्रेपलाञ्चौकले भूकम्प पीडितहरुका लागि ५० लाख रुपैया वरावरको सहयोग गरेको छ ।
मानविय सहायता अन्तर्गत वित्तीय संस्थाले पश्चिमका भूकम्प पीडीतहरुका लागि आर्थिक सहयोग प्रदान गरेको हो ।
गत पौष १४ गते वित्तीय संस्थाले सल्यान जिल्लाको दार्मा गाउँपालिकाका भूकम्प पीडितहरुका लागि गाउँपालिको विपद कोषमा ४ लाख रुपैया सहयोग हस्तान्तरण गरेको छ । यस्तै बागचौर शाखा अन्तर्गत वित्तीय संस्थामा आवद्ध ६८१ जना सेवाग्राहीलाई राहतस्वरुप  २१ लाख ५४ हजार रुपैया आर्थिक सहयोग गरेको छ ।
त्यसैगरी गत पौष १५ गते रुकुम पश्चिमको आठविसकोट नगरपाकिालाई ४ लाख सहयोग गरेको छ । आठविसकोट शाखा अन्तर्गत वित्तीय संस्थामा आवद्ध ३७० जना सेवाग्राहीलाई  ११ लाख ६४ हजार रुपैया आर्थिक सहयोग गरेको छ । गरेको लघुवित्तले जनाएको छ ।  शाखाका सेवाग्राही सदस्यहरु २५० जनालाई ७ लाख ५६ हजार रुपैया आर्थिक सहयोग गरेको छ ।
दुई अलग अलग कार्यक्रमका वीच संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) तथा नेपाल लघुवित्त बैकर्स संघका अध्यक्ष राम बहादुर यादवले दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसी र आठविसकोट नगरपालिकाका मेयर रवि केसीलाई चेक हस्तान्तरण गरेका थिए ।
लघुवित्तका सिइयो यादवले मानवीय सहायतामा सधै नेशनल लघुवित्त साथ रहने उल्लेख गर्नु भएको थियो । दुर्गम गाउँ बस्तीहरुमा आफ्ना सेवाग्राही सदस्यहरुलाई सामाजिक तथा आर्थिक उत्थानका लाथि लघुवित्त कार्यक्रको माध्यमबाट गरिवी न्यूनिकरणमा टेवा पुर्याउने लक्ष्य रहेको यावदको भनाई छ ।
वित्तीय संस्थाको पूजी १ अर्व ८ करोड,सदस्यहरुको वचत ५ अर्ब र लगानीमा रहिरहेको कर्जा १८ अर्व बढि रहेकोछ ।

Share: