‘विद्यालयको गेटमै चुरोट बिक्रिवितरण भइरहेको छ, लागु पदार्थ नियन्त्रण कसरी गर्नु हुन्छ ?’(भिडियोमा हेरौ)

दमक/
मिती २०८० साल पुष २० गते । स्थान दमक नगरपालिका वडा नं ५ स्थित दिपिनी आधारभूत विद्यालयको सभाहल । कार्यक्रम थियो लागुऔषध दुव्र्यसन तथा सामाजीक कुरीतिबारे वडा स्तरीय समिती र सरोकारवालासँग अन्तरकृया । ब्यानारको माथीबाट लेखीएको थियो ‘लागु पदार्थ रहित स्वस्थ्य समुदायकालागि हाम्रो अभियान’ ।
कार्यक्रममा सहभागी थीए दमकको ५ नम्बर वडाका बिभिन्न टोल विकास सस्थाका प्रतिनिधी तथा पदाधिकारीहरु । सरोकारवालामा थीए दमक नगरपालिकाका प्रमुख,वडाध्यक्ष, वडाका अन्य जनप्रतिनिधी, वडा स्तरीय समिती तथा अन्य प्रषाशनका कर्मचारीहरु ।

कार्यक्रममा सहभागी बनेर पुगेको एक जना सहभागीले भन्नु भयो ‘यो कार्यक्रममा पस्नु अघी यही विद्यालयको प्रवेशद्धारमै रहेको पसलबाट मैले एक खिली चुरोट किनेर ल्याएको छु ’ । यस अघी उहाँले दमकका मेयर र उप मेयरले विद्यालयको १०० मिटर वर पर सुर्तीजन्य तथा धुमपान जन्य कुनैपनि सामाग्री बिक्रि वितरण गर्न प्रतिवन्द्ध लगाइएको थियो । भन्दै स्मरण गराउनु भयो । आफुले त्यसरी घोषणा गरेको कार्यक्रमनै कार्यान्वायन गर्न नसकेको र अहिले एक्कासी सिङ्गो दमक लागुपदार्थ रहित नगर बनाउछु भनेर कार्यक्रम गर्नुको औचीत्य के भन्ने उहाँको प्रश्न थियो ।

यसरी प्रश्न उठाउने व्यक्ति हुनुहुन्छ राष्ट्रिय प्रजातन्त्र पार्टि झापा जिल्ला सदस्य तथा होटल व्यवसायी सघंका केन्द्रिय सदस्य भुपेन्द्र न्यौपाने ।
राप्रपाबाटै निर्वाचीत बन्नु भएका मेयर राम कुमार थापाकै अगाडी उभीएर सार्वजनिक रुपमा उहाँले प्रश्न राख्नु भयो । र त्यसाई कार्यान्वायन गराउन पनि सुझाव दिनु भएको थियो ।

दमक नगरपालिकाले अहिले वडा वडामा गएर लागुपदार्थ दुव्र्यसनी सम्बन्धी सचेतनाका कार्यक्रम गर्दै आएको छ । यही सन्दर्भमा वडा न. ५ ले संयोजन गरेको कार्यक्रममा सहभगी भएकाहरुले लागु पदार्थ दुव्र्यसनी न्यूनिकरण गर्न के के गर्न सकिन्छ र त्यसमा आम नागरिकको भूमिका के हुने भन्नेबारेमा आ आफ्नो भनाई राखेका थीए ।

सबैको राय र सुझाव सुनेपछि नगर प्रमुख थापाले सिङ्गो दमक बासीको साथ र सहयोग रहने हो भने दमकलाई लागु पदार्थको कारोबार, प्रयोग तथा दुव्र्यसनी मुक्त नगर बनाउन सकिने उल्लेख गर्नु भयो ।

वडा नं ५ का वडाध्यक्ष इन्द्र गुरुङले टोल टोललाई लागुपदार्थ दुव्र्यसनी मुक्त टोल घोषणा गर्दै वडालाई गर्ने र यहि क्रममा सबै वडा घोषणा पछि सिङ्गो नगरलाई लागुपदार्थ दुव्र्यसनी मुक्त नगर बनाउने तयारी बारेमा सुनाउनु भयो ।

कार्यक्रममा कस्ले के बोले भनेर तयार पारिएको भिडियो हेर्न तलको लिंकमा क्लिक गरौ ।

 

Share: