दमक/
राष्ट्रिय स्वतन्त्र पार्टिको प्रथम वडा अधिवेशन झापाका १८ वटा वडामा सम्पन्न भएको छ । देशभरका सबै वडाहरुमा एकै साथ वडा अधिबेशन गर्ने भनिएपनि झापामा सो बमोजिम हुन सकेन ।
१ सय ३१ वटा वडा रहेको झापामा १८ वटा वडामा मात्रै आज अधिवेशन सम्पन्न भएको जनाइएको छ ।
यसै गरि दमक नगरपालिकाको १० वटा वडा मध्ये दुईवटामा मात्रै सम्पन्न भएको छ । जसमध्ये वडा नं २ र ५ को अधिवेशन सम्पन्न भएको हो ।
सम्पन्न अधिवेसनबाट दमक २ को सभापतिमा रमेश सापकोटा सर्वसम्मत निर्वाचित हुनु भएको छ भने अन्य ८ जना सदस्यहरु समेत सर्वसम्मत चयन गरिएको निर्वाचन समिती सदस्य प्रतिमा दाहालले जानकारी दिनु भयो ।
यसै गरि वडा नं ५ को सभापतिमा बिनोद अधिकारी सर्वसम्मत सभापतिमा निर्वाचीत हुँदा अन्य ८ जना सदस्य पनि निर्विरोध छानीएका छन् ।
११ जनाको पूणर् कमिटी बन्नेमा बाँकी दुईजनालाई सभापतिले मनोनयन गर्ने जनाइएको छ ।
वडा नं २ को निर्वाचन पर्यवेक्षकको रुपमा उदयपुरको जिल्ला संयोजक चित्र कुमार कार्की र वडा नं ५को पर्यवेक्षकको रुपमा कोशी प्रदेश कमीटिका महामन्त्री लाल बिक्रम थापाको विषेश उपस्थिती रहेको थियो ।
पहिलो चरणमा अध्यावद्यीक भएका वडाहरुमा अधिवेशन सम्पन्न गरिएको र अध्यावधिक भएपछि अन्य वडाहरुमा पनि क्रमश अधिबेशन सम्पन्न गरिने जनाइएको छ । अवको ६ महिना भीत्रमा भने सबै वडाको अधिवेशन गरिसक्ने केन्द्रबाट परिपत्र जारी भएको कोशी प्रदेशका महामन्त्री लाल बिक्रम थापाले जानकारी दिनुभयो ।
अधिवेशनबाट बनेको कमिटीले अवको ५ वर्ष सम्म काम गर्ने छ ।