बिप्पन्न विद्यार्थीलाई न्यानो कपडा

दमक/

झापाको दमकमा रहेको एक सामुदायीक बिद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरिएको छ ।

चिसो मौसम बढीरहेको र चिसोका कारण न्यानो कपडा अभावमै विद्यार्थीको पढाईमा अबरोध नआओस भन्न न्यानो कपडा बितरण गरिएको जनाईएको छ ।

दमकको १० स्थित सगरमाथा आधारभुत बिद्यालयमा अध्ययन गर्ने ७५ जना विद्यार्थीलाई आज एक औपचारिक कार्यक्रम गरि ती सामाग्री बितरण गरिएको हो ।

रोटरी क्लब अफ दमक र रोट्र्याक क्लब अफ दमकको संयुक्त आयोजनामा सम्पन्न भएको यो कार्यक्रममा दमक १० का वडा अध्यक्ष राजेन्द्र प्रसाद भण्डारी प्रमुख अतिथी रहनु भएको थियो ।

ग्रामीण क्षेत्रमा रहेका सामुदायीक बिद्यालयमा अध्ययन गर्ने अधिकांश बालबालिका बिप्पन्न परिवारका रहेका र उनीहरुको अभावलाई महसुस गरेर  न्यानो कपडा बितरण गरेको प्रती रोटरी र रोट्र्याक दमकको वडा अध्यक्ष भण्डारीले प्रशंसा गर्नु भएको थियो ।

सामाजिक उत्तरदायित्व पूरा गर्न यस्ता ठाउहरुमा निरन्तर सहयोग गर्दै आएको रोटरी क्लब अफ दमकका अध्यक्ष पदम प्रसाद बरालले बताउनु भयो ।

विद्यार्थीहरुलाई माथी लगाउने स्विटर र जुत्ता सेट बितरण गरिएको रोट्र्याक दमकका अध्यक्ष शावन अधिकारीले जानकारी दिनु भयो । यसले विद्यार्थीहरुको तत्कालको अभावमा केही राहत पुग्ने बिश्वास गरिएको उहाको भनाई छ ।

 

Share: