Search
Close this search box.

दमक/

२०१० सालमा जन्मनु भएका अम्बर बहादुर बिस्टको स्थाई ठेगाना झापाको गौरादह नगरपालिका जुरोपानीमा हो ।

अहिले राजावादीको पार्टिमा भएपनि यस अघी चाहि कम्यूनिष्ट पार्टिमा हुनुहुन्थ्यो । उहाँको राजनैतिक यात्रानै विद्यार्थी जीवनमा अखीलबाट भएको हो । विद्यार्थी कालमा विराटनगर स्थित महेन्द्र मोरङ क्याम्पस अध्ययन गर्दा अखिलको इकाई उपसभापतिमा उम्मेदवार समेत बन्नु भएका उहाँले त्यो बेला सो पदमा जीत हाँसील गर्न चाहि सक्नु भएन ।

अखिलको राजनीतिमा हार बेहोरेपछि विष्ट पञ्चायती राजनीतिमा प्रवेश गर्दै तत्कालीन गाउँपञ्चायतको वडाध्यक्षमा निर्वाचित हुनु भएका थियो । २०३३ सालमा भएको निर्वाचनमा उहाँ तत्कालीन जुरेपानी गाउँपञ्चायत वडानम्बर ५ को वडाध्यक्षमा निर्विरोध निर्वाचित हुनु भयो । त्यसपछि उहाँ सोही गाँउपञ्चायतको उपप्रधानपञ्च समेत बन्नु भयो ।

उपप्रधानपञ्चपछि जिल्ला पञ्चायतको सदस्य १० वर्ष भएर काम गर्नु भएका विष्टले सोही अवधिमा जिल्ला पञ्चायतको उपसभापति समेत भएर काम गरेको अनुभव छ ।

२०४६ पछि पनि राष्ट्रिय पञ्चायतको राजनीतिमै आबद्ध विष्ट तत्कालीन शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा सहकारी विकास बोर्डको सदस्यसचिव समेत बन्नु भएको थियो ।

त्यसपछि राप्रपाको जिल्ला अध्यक्ष हुँदै हाल राप्रपाको केन्द्रीय सदस्य रहेका विष्ट पछिल्लो निर्वाचनमा प्रदेशतर्फ समानुपातिक उम्मेदवार बनेका थिए । समानुपातिक तर्फबाट उहाँको पहिलो नम्बरमा नाम रहेकोले पार्टिले उहाँलाई कोशी प्रदेशको सांसद बनायो । र अहिले यही प्रदेशको सभामुख बन्नु भएको छ ।

सभामुख बन्ने अम्बरको अवसर कसरी जुर्यो ?

गत साउनमा कोशी प्रदेशको सरकार संरचना फेरबदल भयो । तत्कालीन हिकमत कार्कीलाई मुख्यमन्त्रीबाट हटाएर माओवादी केन्द्रका इन्द्र आङ्गवोलाई मुख्यमन्त्री बनाउन त्यसबेलाका सभामुख बाबुराम गौतमले राजीनामा दिनु भएको थियो । त्यसबेला गौतमकले गरेको त्यो त्यागले न आङ्गवो मुख्यमन्त्री बन्नु भयो न त प्रदेशसभाले अहिले सम्म सभामुखनै पायो । गौतमलाई आफ्नै पार्टिको नेतृत्वमा सरकार निर्माण गर्ने हुटहुटी कारण हुदा खादाको सभामुख पद समेत गुमेपछि सभामुखमा अहिले राप्रपाका विष्टलाई अवसर प्राप्त भएको हो । अझ अहिले राप्रपाले सरकार निर्माण गठबन्धनलाई समर्थन गरेको छैन । तर पनि गठबन्धनले सभामुख चाहि राप्रपालाईनै दिने निर्णय पनि गर्यो । र गठबन्धनले गर्ने निर्णय यो बाहेक अन्य पनि थीएन । अहिले उपभासभामुख नेकपा एमालेबाटै रहेकोले सभामुख अर्को पार्टिकै बनाउनु पर्ने संवैधानीक व्यवस्था छ । त्यसैले गठबन्धनले गरेको त्यो निर्णयमा एमालेले पनि समर्थन गर्यो र सहजै निर्विरोध रुपमा विष्ट सभामुख बन्न सक्नु भएको छ ।

राजनैतिक रुपमा निकै संघर्ष गर्नु भएका विष्टले संसदमा कस्तो थीति बसाउनु होला त्यो उहाँले सञ्चालन गर्ने सभाबाटै पनि प्रष्ट हुने छ । आशा गरौ सभामुख जस्तो गरीमायम पदलाई उहाँले मर्यादामा राखेर संवैधानीक अधिकार सहित निष्पक्ष ढंगबाट सञ्चालन हुने छ । उज्यालो खवर डट कम यही कामना गर्दछ ।

भिडियोमा हेरौ 

 

 

 

Share:

Facebook
Twitter
Email
WhatsApp