काेशीकाे सभामुखमा राप्रपाका विष्ट निर्विराेध निर्वाचित

विराटनगर/

कोसी प्रदेशले मंगलबार नयाँ सभामुखकाे रुपमा राप्रपाका अमर बहादुर विष्टलाई प्राप्त गरेको छ ।

तत्कालीन सभामुख बाबुराम गौतमले साउन १६ गते राजीनामा दिएका थिए । त्यसयता करिब ६ महिना कोसी प्रदेशसभा सभामुखविहीन बन्यो । अन्ततः मुख्यमन्त्री केदार कार्कीको सार्थक पहल र प्रयासमा कोसी प्रदेशले नयाँ सभामुखकको जिम्मेवारीमा विष्टलाई प्राप्त गरेको छ ।

संविधानको धारा १६८ को उपधारा ५ बमोजिम कांग्रेस सांसद कार्कीको नेतृत्वमा सरकार गठन भएसँसगै सभामुख चयनका लागि विभिन्न प्रयास भएका थिए । खासमा राजनीतिक दलहरुलाई एकै ठाउँमा ल्याउन र राप्रपालाई समेत मनाउन कार्की सफल भएसँगै मंगलबार सर्वसम्मत रुपमा कोसीले सभामुख पाएको हो । विश्वासको मत लिँदा राप्रपाले कार्कीको पक्षमा मतदान गरेको थिएन । तर कोसीको विशेष परिस्थितिलाई सबै दलको सहकार्यबाट मात्र पार लगाउने रणनीति र चातुर्य अनुरुप नै मुख्यमन्त्री कार्कीले केन्द्रदेखि प्रदेशस्तरमा समेत बारम्बार छलफल गरेका थिए । डेडलकको अवस्थाम पुगेको संसदको गतिशीलता र सरकारको काम कारवाहीलाई समेत कार्कीले सफल नेतृत्व दिलाए ।

मुख्यमन्त्री कार्कीले भने,“कोसी प्रदेशमा दलहरुबीच विवाद र बैमनुष्य भन्दा पनि सहकार्य अनि एकता पनि छ भन्ने सन्देश हामीले प्रवाह गरेका छौं ।” प्रदेश सरकार दलीय एकता, आपसी सहकार्य अनि जनचाहना अनुरुप अघि बढ्न सक्छन् भन्ने उदाहारण दिन चाहेको उनले बताए ।

यस अवधिमा प्रदेशसभाबाट स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, प्रदेश निजामती सेवा सम्बन्धी ऐन, कोशी प्रदेश सामयिक राजश्व संकलन सम्बन्धी ऐन प्रमाणीकरण भइसकेका छन् । बजेट विहीनताको अवस्था अन्त्य गर्दै बजेट पारित गर्ने र प्रदेशबाट २५ लाखमाथिका योजना छनोट गर्ने कार्यमा समेत कार्कीले नेतृत्व गर्दै त्यसलाई सार्थक बनाएका छन् । अहिले बजेट कार्यान्वयनमा गइसकेको छ ।
हेटौंडामा सम्पन्न मुख्यमन्त्रीहरुको सम्मेलनबाट संघीयता कार्यान्वयनमा संघलाई दबाब दिने कार्यमा समेत कार्कीले अह्म भूमिका निर्वाह गरेका छन् ।

कार्कीले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनबाट कांग्रेसका उमेदवार कृष्णप्रसाद सिटौला र माओवादीकी चम्पा कार्कीको चुनावी अभियानमा समेत उत्तिकै सक्रियता देखाएका छन् । कांग्रेसका उद्धव थापाले मुख्यमन्त्रीमा विश्वासको मत लिने प्रक्रिया अदालतबाट रद्द भएपछि संविधानको धारा १६८ को उपधारा (५) अनुसार सरकार निर्माणका क्रममा पनि सिटौलाले मुख्यमन्त्री कार्कीलाई पाखा लगाउन सत्ता गठबन्धन दलमा माओवादीका नेता इन्द्रबहादुर आङ्बोलाई अघि सारेका थिए । सिटौलाले कोशी प्रदेशमा सत्ता गठबन्धन दलमध्ये सबभन्दा ठूलो दल कांग्रेसलाई समेत पाखा लगाएर माओवादीका आङ्बोलाई मुख्यमन्त्रीमा अघि बढाएपछि मुख्यमन्त्री कार्कीले संवैधानिक अधिकारलाई उपयोग गर्दै विद्रोहको बाटो रोज्न बाध्य भएका थिए ।

कार्कीले कांग्रेसका ८ जना प्रदेश सांसदसहित विद्रोह गरेर एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका छन् । उनी विद्रोह गरेर मुख्यमन्त्री नियुक्त भएपछि सिटौलाले पार्टीभित्र ८ जना विद्रोही सांसदलाई नै कारवाहीका लागि पार्टी सभापति शेरबहादुर देउवालाई चर्काे दवाव दिएका थिए । मुख्यमन्त्री कार्कीको विद्रोहले सत्ता गठबन्धन नै भत्किने अवस्थामा पुगेपछि मात्रै गठबन्धन दलका शीर्ष नेतृत्वले कांग्रेस नेता शेखर कोइरालासँग चिर्कटोमा हस्ताक्षर गराएर उनलाई गठबन्धनको नै मुख्यमन्त्री स्विकार गर्न बाध्य भएका छन् ।
पार्टीको गुटगत राजनीतिलाई समेत निरूत्साहित गर्न मुख्यमन्त्री सफलरूपमा अघि बढिरहेको देखिएको राजनीतिक विशलेषक प्रा.डा. बेदराज आचार्यले बताएका छन् । “सबै दललाई मिलाएर सभामुख चयन गर्ने कार्य सफलताको अर्को कडी हो” उनले भने ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

करोडौँ ठगी आरोपमा फरार बराह सहकारीका अध्यक्ष लामिछाने पक्राउ

धरान,२ मंसिर । धरानको बराह बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिवकुमार लामिछाने (विश्वकर्मा)पक्राउ पर्नु भएको छ । बचतकर्ताको बचत हिनामिना गरेर लामो समयदेखि फरार

दमकमा चलिरहेको आदिवासी जनजाती महोत्सव कस्तो? के भन्छन हेर्न जाने दर्शक ?

दमक, २ मंसीर । रातको समय । मंसीर महिना लागीसक्यो । चिसो हावा चलीरहेको थियो । त्यसमाथी रतुवा नदिको किनार । चीसोको सिरेटो नचल्ने कुरै

जन्मदिनको अवसरमा मानव सेवा आश्रममा भोजन

दमक, मंसिर २ । जन्मदिनको अवसरमा हुने फजुल खर्च कटौती गर्दै दमकमा एक परिवारले मानव सेवा आश्रममा रहेका अशक्त तथा असहायलाई भोजन गराएको छ।दमक–६ निवासी

प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेला बीच आसन्न भारत भ्रमणबारे छलफल

काठमाडौं,२ मंसिर। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता गर्नु भएको छ।प्रधानमन्त्रीको आसन्न भारत

अध्यक्ष ओलीद्वारा सरकारको दमनविरुद्ध प्रतिरोधमा उत्रिन कार्यकर्तालाई निर्देशन

काठमाडौं ,२ मंसिर। नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीले सरकार एमालेप्रति निर्मम भएर उत्रिएकाले त्यसको प्रतिरोधका लागि तयार रहन अगुवा कार्यकर्ताहरुलाई निर्देशन दिनु भएको छ ।आज

एमाले विकासको नायक हो : केपी ओली

काठमाडौ २ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले नेकपा एमाले विकासको नायक रहेको बताउनु भएको छ । एमालेको राष्ट्रियभेलालाई सम्बोधन गर्दै उहाँले भन्नु

अस्ट्रेलियाको क्रिसमस टापुमा रातो गंगटाको वार्षिक बसाइँसराइ सुरु

क्रिस्मस् (आईल्याण्ड),२ मंसिर । अस्ट्रेलियाको क्रिसमस टापुमा लाखौँ रातो गंगटो (रेड क्र्याब) आफ्नो वार्षिक प्रजनन यात्राका लागि जंगलबाट समुद्रतर्फ निस्किएका छन् । वर्षायामको पहिलो वर्षासँगै