दमक/
झापाको दमक ४ मा रहेको मेचि आवास परिसरमा दन्त शिविर सम्पन्न भएको छ । मेचि आवास टोल विकास सस्थाले आयोजना गरेको सो शिविरमा आमा डेण्टल क्लिनिकको प्राविधिक सहयोग रहेको थियो ।
दमक नगरपालिकाकी उप प्रमुख रेगिना भट्टराई प्रसाईको प्रमुख अतिथ्यतामा सम्पन्न भएको शिविरमा एक सय जनाले दाँत सम्बन्धीका विभिन्न परिक्षण गराएको सस्थाका अध्यक्ष मिलन आचार्यले जानकारी दिनुभयो ।
भर्खरै मात्र गठन भएको यो सस्थाले पहिलो पटक यसरी सार्वजनीक कार्यक्रम गरेको जनाइएको छ । टोलबासीसँग प्रत्यक्ष जोडीएका अन्य सरोकार विषयमा समेत चेतना मुलक तथा स्वास्थ्य वर्धक कार्यक्रम निरन्तर गर्दै जाने अध्यक्ष आचार्यको भनाई छ ।
कार्यक्रममा दमक नगरपालिका वडा नं ४ का वडाध्यक्ष पुण्ड्य प्रसाद दाहाल, मेचि सहकारीका अध्यक्ष नारायण प्रसाद भट्टराई लगायत अन्य बिभिन्न सरोकावालाहरुको समेत उपस्थिती रहेको थियो ।
शिविरमा आएर दन्त परिक्षण गर्नेहरुलाई निशुल्क औषधी समेत वितरण गरिएको थियो ।
यो आवास मेचि सहकारीको पहिलो हाउजीङ परियोजना हो । सहकारी अवास को परिकल्पनाबाट सुरु भएको यो आवासभीत्र अहिले ४० परिवार बस्दै आएका छन् ।