‘लेखापढी व्यवसायलाई मर्यादीत र जवाफदेहि बनाउने प्रतिवद्धता’

दमक/

‘लेखन्दास’ नामले परिचित लेखापढी कानुन व्यवसायलाई मर्यादीत र जवाफदेहि बनाउने प्रतिवद्धता गरिएको छ ।

 

नेपाल लेखापढी कानुन व्यवसायी एसोसियन इकाई समिती दमकको १४ औ वार्षिक साधरणसभामा बोल्दै वक्ताहरुले लेखापढी व्यवसायलाई अझ मर्यादीत तथा जवाफ देहि बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

 

एसोसिएसनकी केन्द्रिय उपाध्यक्ष तथा कोशी प्रदेश संयोजक यूवराज कार्की(पर्वत) लेखापढी कानुन व्यवसायलाई समाजले हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताउनु भयो ।

 

मालपोत कार्यालय र नापी कार्यालय बिचको बिचौलीयाको काम गर्ने भन्ने तरिकाको भाष्य निर्माण भइरहेको भन्दै यसलाई चीर्न आफुहरुको सेवालाई परिस्कृत गर्दै जनमुखी बनाउन आवश्यक रहेको उहाँले बताउनु भयो । ‘सेवाग्राहिका हरेक कामलाई जनमैखी बनाउन र बिना झण्झटिलो सेवा गरिदिने हो भने त्यस खाले लाल्छनाहरु नआउने उहाँको भनाई थियो ।

 

कार्यक्रममा बोल्दै मालपोत कार्यालय दमकका प्रमुख योगेन्द्र प्रसाद दुलालले सबै लेखापढी कानुन व्यवसायीले एसोसिएटको परिचयपत्र बनाएर सेवा दिने हो भने थप विस्वसनीय हुने भन्दै सुझाव दिनु भएको थियो ।

 

एसोसिएटका इकाइ दमकका अध्यक्ष तारा बहादुर खड्काको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम सचिव गगन सिवाकोटिले सञ्चालन गर्नु भएको थियो ।

Share: