दमकमा खुलेको ‘राफे नाईट क्लव’, यूवा पुस्ताकालागि केके छ सुरक्षाको प्रबन्ध ?(भिडियोमा हेरौ)

दमक/
नाईट क्लव भन्ने बित्तिकै धेरैलाई लाग्न सक्छ , यहाँ विभिन्न प्रकारका मानीसहरुको हुल आउँछ । छिर्नै गाह्रो पो होला कि भन्ने पनि हुन सक्छ । अहिलेको खुम्चदो आर्थीक अवस्थाका कारण महगो होला कसरी छिर्नु र क्लव भन्ने पनि लाग्न सक्छ ।

तर यी सबै कुरालाई मद्यनजर गरेर झापाको दमक बजारमा राफे रेष्टुरेण्ट, एण्ड लञ्च तथा नाईट क्लव सञ्चालनमा आएको छ ।

दमक बजार स्थित शंखधर चोकबाट भृकुटि चोक जाने बाटो, पुरानो इलाका प्रशाषन कार्यालयको ठ्याक्कै अगाडी पट्टि रहेको बिल्डीङको माथील्लो तलामा यो क्लव रहेको छ ।

राफे यू इ यी स्थित दुबईमा रहेको एक कम्पनीको आधारीक कम्पनी हो । यसैको शाखा नेपालमा आएको हो । त्यसैले यहाँ अन्तराष्ट्रिय स्टरको हस्पिटालिटी छ । त्यहि अनुसारको खाना, खाजा तथा अन्य सेवाहरु रहेका छन् ।

दमकमा रहेका अन्य विभिन्न क्याफे तथा बारहरुमा झै झगडा तथा हो हल्ला भएको भन्ने गुनासो धेरै आउँछ । जसले गर्दा त्यस्ता ठाउँमा प्रहरी तथा प्रशाषनको निगरानी पनि भइरहेको हुन्छ । तर राफेमा त्यस प्रकारको कुनै पनि झगडा वा हो हल्ला नहुने , भित्रको म्यूजिकको आजाव बाहिर ननिस्कने, क्लवमा प्रवेश गर्दा प्रवेशद्धारमै सुरक्षाका ‘सबै जाँचहरु पास गरिने भएकोले पनि यो अन्य भन्दा सुरक्षीत रहेको दावि गरिएको छ ।

अग्रेजी नयाँ वर्ष सन् २०२४ देखी सुरु भएको यो क्लवमा यू ए इ मा रहेर व्यवसाय गरिरहेका बिवेक सुवेदीको लगानी रहेको छ । दमकको यो क्लव स्थापना गर्न मात्रै एक करोड बढि लगानी भइसकेको जनाइएको छ ।

अहिलेको बजारको स्थिती र नागरिकको आर्थीक अवस्थालाई मद्यनजर गर्दै यहाँका खानाका परिकारका शुल्कहरु पनि मिनिमाईज गरिएकोले अन्य भन्दा महगो नरहेको यहाँको व्यवस्थापन पक्षले जनाएको छ ।

भिडियो हेरौ

Share: