कठ्याग्रीदो चिसोमा विप्पन्न परिवारलाई ओछ्याईन ओछ्यान पुर्याइयो ओड्ने र ओछ्याउने

bippanna ko bijog

दमक/
उहाँको नाम हो बबुलाल किण्डो । दमक ९ स्थित उराव बस्तिमा बस्नु हुन्छ । उहाँ अहिले आफ्नो भतीज घरमा शरण लिएर बस्नु भएको हो । ८५ वर्षको उमेरमा उहाँलाई ४ जना छोराछोरी राख्न सकेनन । घरबाट निकालीदिएपछि उहाँ अहिले भतीजको घरमा हुनुहुन्छ । भतिज पनि दैनिक ज्याला मजदुरी गरेर जिविपो पार्र्जन गर्ने भएकोले उती शुख छैन ।

यो कठङद्रीदो चिसो । दिन त बरु जसो तसो जान्छ । कट्छ । तर रातमा सुत्नै पर्छ । सुत्न न्यानो बनाउने ओड्ने र ओछ्याउने भएन भने बाँच्नै मुस्किल । यस्तै अवस्थामा दिन बिताइरहनु भएको थियो बाबुलाल किण्डोले पनि ।
यस्तै दमक ९ कै आईतबाहादुर धिमालको पनि अवस्था उस्तै छ । अत्यन्तै चिसो भएको यो बेलामा सबैले शरिर ढाक्ने न्याना कपडा लगाइरहेका छन् ।

तर उहाँ एउटा सानो हाप्पेण्टमा भेटिनु भयो । खुट्टामा कपडाले गाँसेको प्लास्टिकको चप्पल । मैलो एउटा ज्याकेट । त्यो पनि अर्कैले दिएको । शिरमा लगाइएको ढाका टोपी पनि शिरा शिरा भएर उप्कीरहेको थियो । छोराछोरी बोहोनी बुतो गरेर खान सक्ने भएपछि घरमा बुढा भएका आमा बुबालाई मात्रै छाडिदिए । घर पनि सामान्य मान्छे समेत मुण्टो निहुर्याएपछि मात्रै छिर्न सक्ने छ । बाँसको भाटा माथी माटो छ्यापेर बनाइएको घर । ओत लाग्न बाँसैले च्यापेर अड्याएका जस्ता पाता । त्यहाँबाट आउने चिसोका कारण यो परिवारको हरेक रात कंष्टकर तरिकाले बितिरेहेको थियो ।

दमक ९ का यी विप्पन परिवारको अवस्थाको बारेमा थाह पायो यहाँ रहेको सहयोगी मनहरु नेपाल नामक सस्थाले । अनी उनीहरुले आफै साथीभाईसँग सल्लाह गरे । केहि रकम संकलन गरे र दमकका १२ परिवारका झापाकै अर्जुनधारामा रहेका अन्य ३ परिवार गरि १५ परिवारलाई ओड्ने र ओछ्याउने न्यानो कपडाको प्रबन्ध गरिदिएको सस्थाका अध्यक्ष भीम प्रसाद आचार्यले जानकारी दिनु भयो ।

यो वडामा अहिले विप्पन्न परिवारहरुको लगत लिने काम भइरहेको छ । आवश्यकताका आधारमा उनीहरुका मागहरुलाई पुरा गर्ने काम भइरहेको वडा कार्यालयले जनाएको छ । वडाध्यक्ष कुवेर भट्टराई भन्नु हुन्छ ‘जाडोमा न्यानो कपडा चाहिएमा वा अरु बेलै पनि घरमा चुल्हो बल्नै सकेन भने वडामा सम्पर्क गर्नुस तपाईलाई सहयोग गर्न जतीबेलै हामी तयार छौ ।’

सोमबार सहयोगी मनहरु नेपालले दमक र अर्जुनधारामा यस्ता विप्पन्न परिवारलाई न्यानो कपडा वितरण गरेको हो । सस्थाले अन्य बिभिन्न स्थानमा विभिन्न परोपकारी काम गर्दै आएको जनाएको छ ।

१५ परिवारलाई यी सामाग्री खरिद गरेर विवतरण गर्न अमेरिकामा रहनु भएकी भगवती रिमालले तीन सय डलर अर्थात ३९ हजार रुपैँया पठाउनु भएको अध्यक्ष आचार्यले जानकारी दिनु भयो ।

भिडियोमा हेरौ

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन

आमाहरुलाई खुसी पार्ने कार्यक्रम, सम्मानका साथमा मिष्ठान्न भोजन

आमाहरुलाई एक दिन मातातीर्थ औषिको अवसमार मात्रै सम्झेर नपुग्ने भन्दै आमाको महिमा अपरम्पार रहेकोले हरेक दिन हरेक पल सम्झेर सम्मान गर्न आवश्यक

दमक बजारको तरकारी तथा फलफूल परीक्षण, अधिकांश खान योग्य रहेको रिपोर्ट

तरकारी, फलफूल तथा बाहिर खुला राखेका अन्य खाद्यान्नका कारण मानिसहरुमा बिभिन्न जटिल प्रकृतिका रोगहरु लाग्ने गरेका छन् ।