Search
Close this search box.

काठमाडौं । प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली मदिरा बनाउने गिरोहलाई पक्राउ गरेको छ ।

 

काठमाडौंका विभिन्न ठाउँहरूबाट नक्कली मदिरा बनाउने कारखानासहित ९ जनालाई आज नियन्त्रणमा लिएको कार्यालय स्रोतले  बताए । उनीहरूले महंगो ब्रान्डका मदिराको बोतलमा नक्कली मदिरा मिसाएर बिक्री वितरण गर्ने गरेको खुलेको छ ।

 

पक्राउ पर्नेहरूमा दुई वटा कारखानाका संचालकसहित ९ जना छन् । उनीहरूलाई प्रहरीले आज नै सार्वजनिक गर्ने जनाएको छ ।

Share:

Facebook
Twitter
Email
WhatsApp