एकाएक चामलको मुल्य बढ्यो (भिडियो रिपोर्ट)

दमक/
नेपाल सरकारले प्रस्तुत गरेको विवरणअनुसार गत आर्थिक वर्षमा १४ लाख ४७ हजार ७ सय ८९ हेक्टरमा खेती भयो, चालु आर्थिक वर्षमा १४ लाख ३८ हजार ९ सय ८९ हेक्टरमा रोपाइँ भयो । रोपाइँको क्षेत्रफल घटे पनि धान उत्पादन बढेर ५७ लाख २४ हजार २ सय ३४ टन पुगेको तथ्यांक सरकारले सार्वजनिक गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ३ लाख टन बढि हो ।

यसरी हेर्ने हो भने धानको उत्पादन बढ्दा चामलको मुल्य घटनु पर्ने हो । तर यसको ठीक उल्टो भएको छ । अहिले चामलको मुल्य गतवर्ष पुसको तुलनामा एक बोरामै ५/६ सय रुपैयाँसम्म बृद्धि भएको छ । पछिल्ला दुई महिनाको कुरा गर्दा २ देखि ३ सय रुपैयाँ वृद्धि भएको दमक स्थित खाद्यन्न तथा किराना व्यवसायी सघंका अध्यक्ष कृष्ण अधिकारी भन्नु हुन्छ अहिले धानको पनि मुल्य बढेको छ । त्यहि भएर चामलको मुल्य बढेको हो ।

गत वर्षको पुस-माघमा चामलको मूल्य प्रतिबोरा १६ सयदेखि १७ सय रुपैयाँ थियो । अहिले त्यहि चामल प्रतिबोरा २२ देखि २३ सय रुपैयाँ पुगेको छ । बजारमा नयाँ धान आइसकेको अवस्थामा मूल्य घट्नुपर्नेमा उल्टो भएको हो । विगतमा धान उत्पादन हुने सिजनमा मूल्य घट्थ्यो ।

गत वर्ष बोरामा २ सय ५० रुपैयाँदेखि ३ सय रुपैयाँ सस्तो भएको थियो । यसपालि भने झन् महँगोमा उपभोत्तलाले किन्न बाध्य छन् । यसरी मुल्य बढ्नुको कारण भारतबाट आउने चालममा भारत तथा नेपाल सरकारले लगाएको करका कारण पनि रहेको दमक उद्योग वाणिज्य सघंका कार्यसमिती सदस्य तथा वस्तुगत सघंका संयोजक दिपक प्रसाद गौतम बताउनु हुन्छ ।

महाविर राईस मिल दमकका सञ्चालक पवन अग्रवालका अनुसार अनुसार पछिल्लो समय भारतले महँगो चामल मात्रै निर्यात गर्न दिएको छ । धानमा २० प्रतिशत निर्यात शुल्क लगाएको छ । त्यसमा थप ५ प्रतिशत कृषि सुधार शुल्क तिरेर जिरा मसिनो धान आयात हुने गरेको छ ।यसमा नेपाल सरकारले लगाएको कर जोड्दा चामलमको मुल्य बढेको हो ।

यसरी आम उपभोक्ताको भान्सालाई सरकारको कुटनैतिक पहलको अभावमा महगो बन्न गइरहेको छ । उपभोक्ता मञ्च झापाका अध्यक्ष डा. नबिन चापागाई भन्नु हुन्छ ‘सरकारले कि आन्तरिक उत्पादन बृद्धि गर्न रणनिनैतक कार्यक्रम ल्याउनु पर्यो । कि त भारतबाट आउने चालमको आयात कर छुट गराउन कुटनैतिक पहल गर्नु पर्यो ।

नेपाललाई वार्षिक रूपमा चाहिने धान ५५ देखि ६० लाख टन हो । सरकारी तथ्यांकलाई आधार मान्दा धान/चामल आयात गर्नु पर्दैन । तर वार्षिक ५/६ लाख टन धान-चामल आयात भइरहेकै छ । अवैध रूपमा पनि भित्रिएकै छ । पछिल्लो समय भारतले महँगो चामल मात्रै निर्यात गर्न दिएको छ । धानमा २० प्रतिशत निर्यात शुल्क लगाएको छ ।

त्यसमा थप ५ प्रतिशत कृषि सुधार शुल्क तिरेर जिरा मसिनो धान आयात हुने गरेको छ । उन्नत बीउको बढ्दो प्रयोग, रोग-किरा प्रकोप र बाढी-पहिरोले धान बालीमा पार्ने नकारात्मक असर कमी रहेको र सिँचाइमा विस्तारसँगै मलखादको समेत सहजता भएपछि धानको उत्पादकत्व बढेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

यसलाई अझ बढाएर आन्तरिक उत्पादनमा बृद्धि गरिने र चामलमा आत्मनिर्भर नेपाल बनाउने तयारी मन्त्रालयको रहेको बताइएको छ ।

हेरौ भिडियो रिपोर्ट ।

https://youtu.be/Xv0JHy7LB3s

Share: