दमक/
लायन्स क्लव अफ दमक बिग बुद्धले एकै दिन तीनवटा कार्यक्रम सम्पन्न गरेको छ । नयाँ नेतृत्वको पद हस्तानतरण समारोह, सामुदायीक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई किताव बोक्ने झोला वितरणका साथै दमकको गणतन्त्र चोकमा ट्राफिक संकेत बोर्ड समेत निर्माण गरेको छ ।
दुई क्लवको सामुहीक पद हस्तान्तर
लायन्स क्लव अफ दमक बिग बुद्ध र लायन्स क्लव अफ लखनपुर साथै दुवै क्लवका लिओ क्लवहको पदस्थापन गरिएको छ । वर्ष २०२२÷२३ को नेतृत्व विदा भएर वर्ष २०२३÷२४ कालागि आएका नयाँ पदाधिकारीको पदस्थापन गराइएको लायन्स क्लव अफ दमक बिग बुद्धका सचिव यूवराज निरौलाले जानकारी दिनुभयो ।
उहाँका अनुसार बिग बुद्धमा आनन्द थापा ५० बढि बिभिन्न कार्यक्रम गरि बिदा हुनु भयो भने सो ठाउँमा नबिन श्रेष्ठ सहितको टिम आएको छ । लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक ३२५ सि का डिस्ट्रिक गभर्नर विजय हरी शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नयाँ पदाधीकारीहरुलाई उहाँलेनै पदस्थापन गराउनु भएको थियो ।
बिग बुद्धको अध्यक्षमा श्रेष्ठसँगै द्धितीय उपाध्यक्षमा रुबल अधिकारी, सचिवमा यूवराज निरौला, कोषाध्यक्षमा सुमन राईसँगै अन्य बिभिन्न पदमा पदस्थापन भएको हो ।
यसै गरि यो क्लवको लिओको वर्ष सन्.२०२३÷२४ का पदाधिकारीहरुको पनि पदस्थापन भएको छ । जसमा अध्यक्ष निश्चल खड्का, प्रथम उपाध्यक्षमा स्तुती भट्टराई, द्धितिय उपाध्यक्षमा रेखा कुँवर, सचिवमा सुभम सिग्देल र कृपा न्यौपाने साथै कोषाध्यक्षमा उर्मीला श्रेष्ठको पदस्थापन भएको हो ।
यस्तै लायन्स क्लव अफ दमक लखनपुरको वर्ष २०२२÷२३ बाट दयासागर आचार्यको टिम बिदा हुँदै बिमल नेपालको नेतृत्वमा बनेको नयाँ कार्यसमितीको पनि पदस्थापन गरिएको छ ।
यसका पूर्व अध्यक्ष ज्ञाननाथ पौडेलका अनुसार चयन भएका नयाँ पदाधिकारीहरु प्रथम उपाध्यक्ष मुकुन्द कडेल, द्धितीय उपाध्यक्ष यूवराज पाठक, सचिवमा धर्मराज अधिकारी ,कोषाध्यक्ष घनश्याम पौडेल लगायत रहेका छन् । र यी सबै पदमा डिस्ट्रिक गभर्नर शर्मालेनै पदस्थापन गराउनु भएको थियो ।
यो क्लवको लिओमा अध्यक्षमा रमेश खड्का, सचिवमा गोमा देवी लुइँटेल साथै कोषाध्यक्षमा शोभा खड्काको पदस्थापन भएको हो ।
५० वटा बिताव बोक्ने झोला वितरण
पदस्थापन भएकै दिन लायन्स क्लव अफ दमक बिग बुद्धका अध्यक्ष नबिन श्रेष्ठले झापाको गौरादह नगरपालिका वडा नं ९ स्थित कप्तानबारीमा रहेको आधारभूत विद्यालयमा अध्ययन गर्ने ५० विद्यार्थीकालागि किताव बोक्ने झोला वितरण गर्नु भएको छ ।
उहाँको एकल प्रायोजनामा भएको सो झोला विद्यालयका प्रधानाध्यापकलाई डिस्ट्रिक गभर्नर शर्मा, अध्यक्ष श्रेष्ठ साथै अन्य लायन्स लिडरहरुले संयूक्तरुपमा वितरण गर्नु भएको थियो ।
विद्यालयमा अध्ययन गर्ने गरिव तथा विप्पन्नहरुलाई किताव बोक्न सहज होस भनेर यस प्रकारको झोला वितरण गरिएको श्रेष्ठले बताउनु भयो ।
ट्राफिक संकेत बोर्ड निर्माण
यही अवसरमा बिग बुद्धले दमक स्थित गणतन्त्र चोकमा ट्राफिक संकेत बोर्ड निर्माण गरेको छ । डिस्ट्रिक गभर्नरको उपस्थिती रहेकै मौकमा क्लवले पूर्व पश्चिम राजमार्ग र दमक बजार छुट्टिन सहज होस भनेर गणतन्त्र चोकमा ट्राफिक संकेत बोर्ड निर्माण गरिएको क्लवका पूर्व अध्यक्ष कृष्णराज दाहालले जानकारी दिनु भयो ।
यसले राजमार्ग भएर हिड्ने जो सुकै यात्रुहरुलाई दमक बजार जान र राजमार्गकै बाटो भएर निरन्तर यात्रा गर्न सहज हुने विस्वास गरिएको छ ।
यात्रुहरु राजमार्ग भएर पूर्व तर्फनै जानुपर्नेमा दुविधामा पर्दै दमक बजार प्रवेश गर्ने गरेको र थप अन्यौलमा पर्ने गरेको दृष्टान्तलाई मुल्यांकन गर्दै यस प्रकारको संकेत बोर्ड निर्माण गरिएको दाहालको भनाई छ ।
यस अघी पनि यहाँ यसै प्रकारको संकेत राखीएको थियो । दाहाल अध्यक्ष भएकै वर्षमा बनाइएको सो बोर्डलाई केहि परिमार्जन गरी थप प्रष्ट देखिने गरि निर्माण गरिएको जनाइएको छ ।