भारतको अयोध्यायमा भगवान रामको प्राण प्रतिष्ठाका दिन दमकमा बृहत नगर परिक्रमा, झापाका गौतमले प्राण प्रतिष्ठा गराउदै

दमक/
भोली अर्थात माघ ८ गते सोमबारकादिन उत्तर प्रदेशको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठा हुदै छ । सोहि दिन झापाको दमक स्थित पञ्चमुखी हनुमान मन्दिर व्यवस्थापन समितीको नेतृत्वमा दमक नगरपरिक्रमाको कार्यक्रम राखीएको छ ।

 

समिती अध्यक्ष अजय अग्रवालका अनुसार भगवान रामको प्राण प्रतिष्ठा हुने दिन सनातनी हिन्दु धर्मावलम्बीका लागि विशेष दिन दमकमा पनि बृहत नगर परिक्रमकासाथै साँझ दीप प्रज्वलन गर्दै भजन किर्तनका कार्यक्रम तय गरिएको छ ।

नगर परिक्रममा हजारौ मानीसहरुको उपस्थिती हुने विस्वास गरिएको अध्यक्ष अग्रवालले जानकारी दिनु भयो ।

झापाका गौतमले अयोध्यायमा रामको प्राण प्रतिष्ठा गराउने

अयोध्याको श्रीराम मन्दिरको प्राण प्रतिष्ठा झापाको मेचिनगर नगरपालिका निवासी पुजारी दुर्गाप्रसाद गौतमले गर्दै हुनुहुन्छ ।

 

श्रीराम जन्मभूमि मन्दिरको शिलान्यासको बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई वैदिक मन्त्रोच्चारसहित शिलान्यास गराउने नेपाली मूलका पूजारी आचार्य गौतमलाई विशेष पूजाको लागि निम्तो गरिएको थियो ।

 

आचार्य गौतमले आफूलाई प्राण प्रतिष्ठाको पूजा गराउन निम्तो पाउनु गौरवको विषय भएको बताउनु भएको छ ।

 

उहाँले प्रधानमन्त्री मोदीलाई ५ अगस्त २०१९ मा शिलान्यास गराएको सौभाग्य प्राप्त भएको बताउँदै सोही मन्दिरको निर्माणपछि मूर्ति प्राण प्रतिष्ठामा पनि निम्तो पाउनु पूरै देशकै लागि गौरवको विषय भएको उल्लेख गर्नुभयो ।

 

Share: