कोशी प्रदेशःएमालेका धनश्याम खतिवडालाई प्रश्न,आफ्नै उम्मेदवारलाई‘ब्याक’गराएर गरिएको तालमेलको अर्थ के ?

UML RPP

दमक/
राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले सहकार्य गर्ने गरे लिखत सम्झौतानै भएको छ ।

 

एमालेले अन्य तर्फका उम्मेदवार परशुराम अधिकारीलाई ‘ब्याक’ गराएर राप्रपाका उद्धव पौडेललाई सहयोग गर्ने सहमति पत्रमा हस्ताक्षर गर्यो ।

 

एमालेले अब अन्यतर्फ राप्रपाका पौडेललाई सहयोग गर्ने र महिलातर्फ एमालेकी रुक्मिणी कोइरालालाई राप्रपाले सहयोग गर्ने सहमती भएको हो ।

 

आफ्नै उम्मेदवारलाई ‘ब्याक’ गराउनुको अर्थ के ?

एमालेका कोशी प्रदेश अध्यक्ष धनश्याम खतिवडा र राप्रपाका प्रदेश अध्यक्षले लिखितरुपमै तालमेल पत्रमा हस्ताक्षर गरे ।

कोशीमा राष्ट्रियसभाका लागि ३ सय ६७ मतदाता छन् । तीमध्ये ९३ जना प्रदेशसभा सदस्य हुन् । प्रदेशसभा सदस्यको मतभार ५३ हो । स्थानीय तहका २७४ प्रमुख तथा उपप्रमुखको मतभार १९ हुन्छ ।

 

स्थानीय तहमा नेपाली कांग्रेसका प्रमुख उपप्रमुख ११३ जना छन् भने एमालेका ११२, माओवादी केन्द्रका ३१, एकीकृत नेकपा समाजवादीका ७, जनता समाजवादी र राप्रपाका ४-४ र स्वतन्त्र ३ जना रहेका छन् । स्थानीय तहका २७४ जनप्रतिनिधिको ५ हजार २०६ हुन्छ । जसमा कांग्रेसको २ हजार १४७ मतभार, एमालेको २ हजार १२८, माओवादी केन्द्रको ५८९, नेकपा एसको १३३, जसपा र राप्रपाको ७६-७६ र स्वतन्त्रको ५७ मतभार रहेको छ ।

 

यस्तै ९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकिकृत समाजवादीका ४ र जसपाका १ सांसद रहेका छन् । प्रदेशमा एमालेको मतभार २ हजार १२०, कांग्रेसको १ हजार ५३७, माओवादी केन्द्रको ६८९, राप्रपाको ३१८, नेकपा एसको २१२ र जसपाका ५३ मतभार रहेको छ ।

 

प्रदेश र स्थानीय गरेर एमालेको ४ हजार २४८, कांग्रेसको ३ हजा ६८४, माओवादी केन्द्रको १ हजार २७८, राप्रपाको ३९४, नेकपा एसको ३४५, जसपाको १२९ र स्वतन्त्रको ५७ मतभार रहेको छ । जसअनुसार गठबन्धनको मतभार ५ हजार ४७४ छ भने एमाले-राप्रपा गठबन्धनको कूल मतभार ४ हजार ६४२ छ ।

यसरी हार्नैकालागि किन तालमेल गर्नु परेको ? भनेर उज्यालो खवरले एमालेका कोशी प्रदेश अध्यक्ष खतिवडालाई प्रश्न गरेको छ । ‘राष्ट्रिय राजनिति हो । राजनितीमा जीत र हार चुनावको परिणाम पछि मात्रै भन्न सकिन्छ । हामीले जीत्नैकालागि विभिन्न रणनिती अपनाइरहेका छौ । ती मध्येको एक यो पनि हो । ’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन

आमाहरुलाई खुसी पार्ने कार्यक्रम, सम्मानका साथमा मिष्ठान्न भोजन

आमाहरुलाई एक दिन मातातीर्थ औषिको अवसमार मात्रै सम्झेर नपुग्ने भन्दै आमाको महिमा अपरम्पार रहेकोले हरेक दिन हरेक पल सम्झेर सम्मान गर्न आवश्यक

दमक बजारको तरकारी तथा फलफूल परीक्षण, अधिकांश खान योग्य रहेको रिपोर्ट

तरकारी, फलफूल तथा बाहिर खुला राखेका अन्य खाद्यान्नका कारण मानिसहरुमा बिभिन्न जटिल प्रकृतिका रोगहरु लाग्ने गरेका छन् ।