Search
Close this search box.

दमक/
५ सय वर्ष पछि भारतको अयोध्यायमा भगवान रामको प्रतिमाको प्राण प्रतिष्ठा भएको खुसीयालीमा नेपालमा समेत त्यसको खुसीयाली मनाइएको छ ।

झापाका दमक ६ स्थित पञ्चमुखी हनुमान मन्दिरमा सामुहीक रुपमा दिप प्रज्वलन गरि त्यसको खुसीयाली मनाइएको मन्दिर व्यवस्थापन समितीका अध्यक्ष अजय अग्रवालले जानकारी दिनु भयो ।

उहाँका अनुसार दिप प्रज्वलनसँगै रामका नाममा भजन किर्तन समेत गरिएको छ ।

 

दमकबासीमा पनि राम प्रतिको आस्था तथा गरिमा यो कार्यक्रमले बढाएको विस्वास उहाँमा छ ।

Share:

Facebook
Twitter
Email
WhatsApp