काठमाडौं। भिजिट तथा पर्यटक भिसामा विदेश जान लागेका ४८ जनालाई त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले पछिल्लो २४ घण्टामा फर्काएको छ।
विमानस्थल अध्यागमन कार्यालय प्रमुख गोवनबहादुर हमालले आवश्यक कागजात नपुगेका र भ्रमणको औचित्य खुलाउन नसकेका उनिहरुलाई विमानस्थलबाट फर्काइएको जानकारी दिए। उनीहरु अधिकांश खाडी राष्ट्र जान लागेका थिए।