दमक/
लायन्स क्लव अफ दमक सेविकाले आफ्नो स्थापनाको छौटौ वार्षिक उत्सवमा बिभिन्न परोपकारी काम गर्नुका साथै सम्मान समेत गरेर मनाएको छ ।
क्लवले दमक ६ मा रहेको श्री सत्य साई मन्दिरमा नगद २५ हजार प्रदान गरेको छ । क्लवकी अध्यक्ष शोभा अधिकारीका अनुसार मन्दिरमा आउने बिभिन्न बालबालिकाहरुको बाल शिक्षामा खर्च गर्न भन्दै सो सहयोग रकम हस्तान्तरण गरिएको हो ।
साथै क्लवले आजै बिभिन्न ५ व्यक्तिहरुलाई ब्लाङकेट समेत वितरण गरेको छ । अहिलेको चिसौ मौसममा न्यानो कपडाको अभाव झेलीरहेका परिवारलाई प्रयोग गर्न भन्दै ब्लाङकेट वितरण गरिएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।
पूर्व अध्यक्षलाई सम्मान
साथै क्लवको स्थापना दिवसकै अवसर पारेर क्लवकी पूर्व अध्यक्ष बिमला केसीलाई सम्मान गरिएको छ । उहाँ क्लवको नेतृत्वमा भएको बेला विभिन्न सामाजीक कामहरुमा सकृय भएर परोपकारी काम गरेको भन्दै सम्मान गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथी रहनु भएका लायन्स क्लव अफ इन्टरनेशनल डिस्ट्रिक ३२५ सिका सेकेण्ड डिस्ट्रिक गभर्नर वबर्जन थापा(किरण)ले उहाँलाई सम्मान पत्र सहित सम्मान गर्नु भयो ।
सम्मानीत हुनु भएकी केसीले सामाजीक क्षेत्रमा सकृय हुन र समाज चिन्न आफुलाई क्लव र यसमा रहेका टिमले गरेको सहयोग अविस्मरणीय रहने उल्लेख गर्नु भयो ।
समाजमा रहेका पहुँच नपुगेका समुदायमा गएर सेवाका काम गर्न लायन्सर्कीहरु सकृय हुनुपर्ने र त्यसै अनुसारको काम गर्ने गरिका कार्यक्रम बनाउन एरिया कोअर्डीनेटर नेत्र चौलागाईले कार्यक्रमका बोल्ने क्रममा बताउनु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी थापाले लायन्सकको इन्टरनेशनलबाट ल्याउनु पर्ने बजेट तथा कार्यक्रममा आफ्नो जोड हुने भएपनि त्यसकालागि आवश्यक पर्ने स्पष्ट परियोजना बनाउन सबै डिस्ट्रिकका सबै लायन्कर्मीहरु जुट्नु पर्ने उल्लेख गर्नु भयो ।