सुत्केरीलाई निशुल्क पोषण खाना (भिडियोमा हेरौ)

दमक/
झापाको दमकमा सुत्केरीलाई निशुल्क पोषण खाना वितरण थालीएको छ ।

 

दमक नगरपालिका वडा नं ६ ले आफ्नो वार्षिक बजेटमै राखेर सुत्केरी भएका जोसुकै महिलाको घरमा पोषण खाना उपलब्ध गराउन थालीएको वडाध्यक्ष टेक बहादुर थापाले जानकारी दिनु भयो ।

 

यसले सुत्केरी हुदा विप्पन्न परिवारमा पोषण खानाको अभावलाई टार्ने र अन्य वर्गकोमा पनि वडा सरकार भएको प्रत्याभूति दिलाउने प्रयास स्वरुप यो कार्यक्रम राखीएको उहाँको भनाई छ ।

 

यसै सन्दर्भमा बुधबार रमेश श्रेष्ठको घरमा सुत्केरी पोषण खाना लिएर वडाको टोली पुगेको थियो ।

 

वडाले मन्सुली चामल २० केजी, गाईको घ्यू, मुसुरी दाल,मौरीको मह,कुखुराको अण्डा र ज्वालो एक,एक केजी प्रदान गरेको वडा सचिव प्रकाश घिमिरेले जानकारी दिनु भयो ।

भिडियोमा हेरौ

सुत्केरी भएको घरमै पोषण खाना – YouTube

Share: