दमकको धनेस्वर धाममा भविष्य महापुराण लाग्दै (भिडियो सहित)

दमक/
झापाको दमक ५ मा रहेको धनेश्वर महादेव पाञ्चायन मन्दिरमा महापुराण लाग्ने भएको छ ।

बिगत १३ वर्ष देखी निरन्तर बिभिन्न प्रकारका महापुराण लगाउँदै आएको मन्दिरले यो पटक चाहि १२ औ अनुष्ठान अन्तर्गत भविष्य महापुराण ज्ञान महायज्ञको आयोजना गर्न लागेको आज पत्रकार सम्मेलन गर्दै जानकारी गराइएको छ ।

 

मन्दिरको प्राङ्गणमा सम्पन्न भएको पत्रकार सम्मेलनमा जनाइए अनुसार महापुराण यही माघ १९ गते देखी २५ गते सम्म हुने छ ।

मन्दिर व्यवस्थापन सचिव एकराज लुईटेलका अनुसार यो पटक पनि महापुराणको प्रमुख कथावाचकमा पं. भागवत भूषण उदयनाथ दाहाल शास्त्रीले गर्नु हुने निश्चित भएको छ ।

हरेक दिन कथा वाचनसँगै विभिन्न प्रकारका झाँकी प्रस्तुतीका साथै संगीतमय भजन समेत रहने छ ।

समितीले यो मन्दिर परिसारमा बिभिन्न प्रकारका संरचनाहरु बनाइरहेको छ । मन्दिरको प्रङ्गणमै बाल उद्धन सहितको नाग पोखरी, उत्तर तर्फ सभाहल बनाइरहेको भने पूर्व पट्टि प्रदेशकै अग्लो ३० फूटको धनेश्वर महावेदको मुर्ती बनाउने काम पनि थालीएको छ ।
यी सबै संरचना बनाइ सक्न झण्डै ५ करोड रुपैँया लाग्ने र अहिले सम्म आदा मात्रै काम सकिएकोले बाँकी काम सम्पन्न गराउन पनि यस १८ महापुराण आयोजना गरिएको समितीका अध्यक्ष रुद्र कार्कीले पत्रकार सम्मेलनका क्रममा बताउनु भयो ।

यो पटकको भविष्य महापुराणमा माघ १९ गते कलश यात्रा गर्दै दमक नगर परिक्रमा गरि पुराण उद्धद्दाटन गरिने जनाइएको छ भने २५ गते सम्म निरन्तर कथा श्रवण तथा संगीतमय भजनका साथै विभिन्न झाँकी समेतका प्रस्तुती रहने जनाइएको छ ।

भिडियो हेरौ

Share: