Search
Close this search box.

दमक/
शुष्मा ऋषीदेव आफ्ना तीन सन्तान लिएर काम खोज्दै मोरङको बिराटनगरबाट झापा आउनु भयो । झापा आएपछि कहाँ जाने, कुनै गन्तव्य थीएन । के गर्ने ,श्रम गर्ने ठाउँ थीएन ।

यसरी कहाँ जाने के गर्ने भन्ने दोधारकै बिच उहाँ झापा स्थित कमल गाउँपालिका वडा नं ३ केराधापमा देवि (डेभिड) आचार्य को घरमा पुग्नु भयो । त्यो बेला दशैको समय थियो ।

यहि क्रमका शुष्मा त्यहाँ पुग्नु भयो । आचार्यको परिवरमा दशैमा पारीवारीक जमघट भएकाले काम सघाउने मान्छेको अवाश्यकता पनि थियो । त्यहि भएर ऋषिदेवले दुई तीन दिन काम गर्नु भयो । त्यहाँ काम गरुञ्जेल खान र बस्नको समस्या भएन । कार्जे सकिएपछि केहि दाम हाजीरा पनि आयो । तर अव कहाँ जाने भन्ने समस्या उहाँमा कायमै थियो ।

त्यहाँ बसुञ्जेल आचार्यको घरमा काम गरेपछि परिवारका सदस्यहरुसग केहि वात चीत पनि भयो । आचार्य परिवारका .जेठो छोरा देवि डेभिडले शुष्माको अवस्था बुझ्नु भयो । यसरी बास बस्नै समस्या भएपछि घरबाट कहाँ जा… भन्नु ?‘आचार्य परिवार पनि धर्मसंकटमा पर्यो ।
यसरी शुष्माको परिवार कहाँ जाने भन्ने दुविधा र आफ्नो दशैको पारीवारिक जमघट पुरा गराउन सहयोग गरेकोेलाई निस्केर ‘जहाँ गएपनि जा’ भन्न मानवियताले दिएन ।

यी दुवैको दुविधा र संकटको समाधान आचार्य परिवारलेनै निकाले ।

घर देखी पूर्व पट्टि रहेको आचार्य पिरवारको खेतमा एउटा कटेरो बनाएर बस्दै गर्ने । बस्नकालागि आवश्यक पर्ने आधारभूत आवश्यकता आचार्य परिवारलेनै पुर्ती गर्ने ।
यही अनुरुप अहिले ऋषिदेव पविारले बस्ने बास पाएका छन् । अव बस्ने बास मात्रको प्रबन्ध गराएर मात्रै पनि त भएन ।

उनीहरुलाई दिगो आम्दानीको श्रोतसँग जोड्न पनि पर्यो । र पो उनीहरु पनि सहजै जीउन सक्छन् । आफ्ना छोराछोरी पढाउन सक्छन् ।
जसकालागि आचार्यलेनै दुई माउ बाख्रा खरिद गरिदिनुभयो । गाउँमा चरनको समस्या नहुने र यसले अन्य पाठा पाठी जन्माएपछि त्यसको बिक्रिबाट यो परिवारले आम्दानी गर्न सक्छ भन्ने भएर बाख्रा खरिद गरिदिइएको बताइएको छ ।

यती मात्रै नभएर ऋषिदेवका ३ जना छोराछोरीलाईनै कक्षा १२ सम्म अध्ययन गर्न लाग्ने सबै खर्चको व्यवस्था पनि उहाँलेनै गर्नु भएको छ । आवश्यक पर्ने शैक्षिक सामाग्री, पोषाक, विद्यालयमा तिनुपर्ने मासिक शुल्क सबैको व्यवस्था गरिएको छ ।

आचार्य अमेरिका बस्नु हुन्छ । उहाँ त्यहाँ रहेको एच डि एन पि इन्टरनेशनल सस्थामा आवद्ध हुनुहुन्छ । यो परिवारलाई बस्ने बासको व्यवस्था गर्न देखी दिगो आम्दानीको श्रोत जुटाउन र छोराछोरी पढाइदिने सम्मको आर्थीक श्रोत चाहि आचार्यले एच डि एन पि इन्टरनेशनल मार्फतनै गराउनु भएको हो । यो सस्था यस्तै दिनदुखी हरुको साहरा बनेर विस्वका दक्षिण एसिया, यूरोप, अमेरिका र अफ्रिकाका देशहरुमा काम गरिरहेको छ ।

त्यसैले आचार्यले ऋषिदेव परिवारसँग निरन्तर कुरा गर्न , समस्या बुझ्न , आवश्यकता बारेमा थाह पाउन ‘स्मार्ट फोन’को पनि प्रवन्ध गरिदिइएको छ ।

यी सबै सहयोग पाएपछि अहिले ऋषिदेव परिवार खुसी छ । शुष्माका श्रीमान अर्जुन ऋषिदेवले पनि ट्याक्टर कुदाउने काम पाउनु भएको छ ।

यी सबैको व्यवस्था गराउन भन्दै आचार्यको परिवार सहित एच डि एन पि इन्टरनेशनल का नेपाल नेपाल संयोजक मीलन आचार्य सहितको टोली ऋषिदेव कहाँ गयो ।

यी सहयोगबाट ऋषिदेव परिवारको व्यवस्थापन भएको विस्वास सस्थाको छ । अहिले कठ्याङग्रीदो जाँडो भएकोले तीन जना छोराछोरीलाई न्यानो कपडा पनि दिइएको छ । अहिले छोराछोरी, आमा बुबाको दुवैको मुहारमा खुसी छाएको छ ।

भिडियोमा हेरौ

Share:

Facebook
Twitter
Email
WhatsApp