प्रधानमन्त्रीको घोषणाः ‘‘हामी थप तीनहजार जनालाई शहिद घोषणा गर्दैछौ, अझै छुटे नाम संकलन गर्छौ’’

prachanda

काठमाडौ/
प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले सरकारले करिब ३ हजारलाई छिट्टै शहीद घोषणा गर्ने बताएका छन्।

 

शहीद प्रतिष्ठान नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ’प्रचण्ड’ ले माओवादी जनयुद्धका क्रममा सरकारले घोषणा गर्न बाँकी रहेका करिब ३ हजारलाई पनि छिट्टै शहीद घोषणा गर्नका लागि मन्त्रिपरिषदबाट निणर्य भएर राजपत्रका प्रकाशित गर्ने कामलाई अघि बढाइएको बताए।

 

त्यसक्रममा प्रधानमन्त्री दाहालले सरकारले अझै पनि जनयुद्धका क्रममा बलिदान गर्नेहरूलाई शहीद बनाउने काममा छुटेका भए तत्काल सम्बोधन गर्ने आश्वासन समेत दिए।

 

आफूले तेस्रो पटक प्रधानमन्त्री भएपछि माओवादी जनयुद्ध र जनआन्दोलनका शहीदहरू नछुटून् भनेर विशेष ध्यान दिएको पनि बताए।

सरकारले जनयुद्धमा शहीदहरूलाई राष्ट्रिय शहीद घोषणा गर्ने कुरालाई उच्च प्राथमिकता दिएको प्रधानमन्त्री दाहालको भनाइ थियो।

 

उनले भने, ‘यहाँ छुट भएका केही म तपाईंहरूलाई जानकारी गराउन चाहन्छु झन्डै ३ हजार छुट भएकाको शहीद घोषणा चाहिँ फेरि क्याबिनेटबाट निणर्य भइसकेको छ। गृह मन्त्रालयबाट प्रमाणित भइसकेको छ र अब त्यो राजपत्रमा प्रकाशित गर्नका लागि अगाडि बढिसकेको छ। त्यसो गर्दा अर्को ३ हजार छुट भएका शहीदहरू पनि राष्ट्रिय शहीदमा घोषणा, दर्ता भई नै सकेको छ। त्यहाँ अब हामी दुविधामा बस्नुपर्दैन।’

 

उनले अघि भने, ‘अझै केही छुट भएको छ भने हामीले त्यो छुट भएको बाँकीको पनि लिस्टिङ गर्दैछौं। त्यसलाई पनि घोषणा गरिन्छ। म सबै शहीद र बेपत्ता परिवारका सदस्यहरूलाई पनि भन्न चाहन्छु-यो निणर्य आफैंमा सामान्य निणर्य होइन। यसले हाम्रा क्रान्तिलाई सम्मानित गरेको छ। युद्धलाई सम्मानित गरेको छ। र, शहीदहरूलाई राष्ट्रिय शहीदको रूपमा सम्मानित गरेको छ। र, हामी बाँचेकाहरूको एउटा ठूलो जिम्मेवारी यो निणर्यले पूरा गराएको छ।’ – न्युज एजेन्सी नेपाल

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

३ करोड ६१ लाखको सामानसहित तीन भारतीय कन्टेनर नियन्त्रणमा

दमक, ५ जेठ / झापाको बिर्तामोड नगरपालिकास्थित नागरमोडे क्षेत्रबाट प्रहरीले करिब ३ करोड ६१ लाख बराबरको अवैध सामानसहित तीनवटा भारतीय नम्बर प्लेटका कन्टेनरलाई नियन्त्रणमा लिएको