Search
Close this search box.

दमक/
कुष्ठरोगीको जाखिम झापामा बढीरहेको छ । स्वास्थ्य कार्यालय झापाको ले सार्वजनिक गरेको तथ्यांक अनुसार झापामा देशकै सबै भन्दा बढि जोखिम भएको जिल्ला मध्ये छौटौ नम्बरमा रहेको छ । कोशी प्रदेशको सबै भन्दा बढि जोखिम रहेको यो जिल्लामा यो वर्ष १.६ प्रतिशतले बृद्धि भएको छ । सगै रहेको मोरङमा १.५३ प्रतिशतले बृद्धि हुदा झापामा भने यसको दर अझ बढेको आईतबार झापाको दमक नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा जनाइएको छ ।

सबैभन्दा धेरै जोखिम मधेश प्रदेशको कपिलबस्तुमा रहेको र त्यहाँ वार्षिक २.०९ प्रतिशतमले बृद्धि भइरहेको जनाइएको छ ।
झापाको पनि सबैभन्दा बढि जोखिम ग्रामिण क्षेत्रका पालिकाहरुमा देखिएको छ । १५ वटा पालिकाहरु मध्ये सबै भन्दा बढि जोखिम कचनकवल गाउँपालिमामा रहेको यहाँको स्वास्स्थ्य कार्यालयका क्षय कुष्ठरोग अधिकृत अधिकृत बिरेन्द्र दासले जानकारी दिनु भएको छ । यहाँ ५.५ प्रतिशत जोखिम रहेको छ भने सबै भन्दा कम जोखिम कन्काई नगरमा रहेको छ । यहाँ ०.५६ प्रतिशत मात्रै जोखिम रहेको ले बताउनु भयो ।

कचनकवल पछि सबैभन्दा जोखिम गौरीगञ्ज गाउँपालिका(४.३प्रतिशत), हल्दिीबारी गाउँपाकिला(३.३) प्रतिशत), गौरादह नगरपालिका(१.८ प्रतिशत र दमक १.६ प्रतिशत ) जोखिम रहेको छ ।

टोल टोलमै गएर रोगीहरुको पहिचान गरि उपचारमा सहभागी सहभागी गराउन अनुरोध गर्दै आइएको उहाँले बताउनु भयो । यद्यपी रोगीहरु अभै समाजमा खुल्न नमानी बस्ने गरेको र त्यसले विरामीहरुमा जोखिम बढाउने भएकोले नियमीत औषधि सेवन र चिकित्सककहा सम्पर्क गर्न दासले अनुरोध गर्नु भएको छ ।

दाससँग गरिएको भिडियो यहाँ हेर्न सकिने छ ।

(11) झापामा कुष्ठरोगीको रङ्ग अझै रातो संकेतमा, न्यूनिकरण गर्न कस्ता कार्यक्रम गरिदैछ ? – YouTube

कुष्ठरोग लागेको कसरी थाह पाइन्छ ? रोग लागेको थाह पाएपछि समाजले कस्तो व्यवहार गर्छ ? हेरौ एक भुक्तभोगीको अनुभवको भिडियो

 

 

Share:

Facebook
Twitter
Email
WhatsApp