Search
Close this search box.
दमक/
झापामा अनेकन घटना भइरहन्छन् । सुन्दा पनि अचम्म लाग्ने अर्कोे एउटा घटना पनि झापामै भएको छ ।
घटना हो नक्कली सुन देखाएर सक्कली सुनको ठगी प्रकरण  ।
यस्तो छ घटना बिवरण
झापाको बिर्तामोड- ५ स्थित हनुमान सेन्टर नजिकै एक समूहले एक वृद्धा महिलालाई नक्कली सुन दिएर सक्कली सुन लिएर फरार भएका छन् ।
आइतबार अपराह्न बिर्तामोड ५ स्थित ७१ वर्षीया विष्णुमाया सुवेदीले लगाएको सुनको डेढ तोलाको ब्रासलेट र औँठी लिएर तीन/चार जनाको समूह फरार भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीका अनुसार ३/४ जनाको सङ्ख्यामा रहेका व्यक्तिले नक्कली सुन देखाएर वृद्ध महिलाले लगाएको सक्कली सुन लिएर फरार भएका छन् । वृद्धा महिलालाई सुन जस्तो देखिने नक्कली सुनको ढिक्का दिई उनले लगाएको सुन लिएर फरार भएको प्रहरीले जनाएको छ ।
सुन लिएर फरार भएपछि वृद्धा महिलाले आफू ठगिएको महसुस गर्दै इलाका प्रहरी कार्यालयमा जानकारी गराएसँगै घटनामा संलग्नहरूको खोजी कार्य सुरु गरिएको प्रहरीले जनाएको छ । ठगी गर्ने समूहले बिस्कुट जस्तो देखिने ढिक्का सुन देखाएर महिलाले लगाएका गर गहनाहरू लिएर भागेको बताइएको छ ।

Share:

Facebook
Twitter
Email
WhatsApp