स्टाफ नर्स भन्छन् ‘नेपालमा किन बस्नु’? (भिडियो रिपोर्ट)

दमक/

नेपालमा अहिले नर्सिङ परिषदबाट ७८ हजार ९ सय ४८ हजार जना नर्सहरुले लाइसेन्स लिएका छन् । यसको ४७ प्रतिशत भन्दा बढिले विदेश जानकालागि नैतिक प्रमाणपत्र लिने गरेका छन् । नेपालबाट हरेक वर्ष १ हजारभन्दा बढीको हाराहारीमा नर्स विदेश जाने गरेका छन् । त्यो पनि उतै सेटल हुनको लागि ।

 

बाँकी रहेकाहरुले नेपालभरीका अस्पताल, क्लिनीक तथा अन्य स्वास्थ्य सेवा प्रदायक सस्थाको भार थेगीरहेका छन् ।

 

त्यस्तै सरकारले प्रत्येक सामुदायिक विद्यालयमा ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम लागू गरेको छ । जसमा माध्यमिक तहसम्म अध्यापन गराउने २५ हजार भन्दा बढी सामुदायिक विद्यालय छन् । यसका लागि २५ हजार कै हाराहारीमा नर्स चाहिन्छन् ।

 

त्यस्तै प्रत्येक स्थानीय तहले आधारभूत अस्पताल निर्माण गरिरहेका छन् । अहिलेसम्म ३०० भन्दा बढीको हाराहारीमा अस्पतालहरू निर्माणाधीन अवस्थामा छन् । एक अस्पतालमा कम्तीमा २० जना नर्स आवश्यक पर्छ । जसले गर्दा ती ३०० अस्पताललाई अबको केही वर्षमा ६ हजार नर्स चाहिन्छ ।

 

यसरी हेर्दा नेपालमा नर्सहरुको माग उच्चतम छ । तर त्यो अनुसारको दामनै हुदैन । सामाजीक प्रतिष्ठा पनि घट्दो छ । लाखौ लगानी गरेर पढिएको नर्सीङ काम पाउने बेलामा केहि हजारमा सिमित हुनुपर्दा समस्या परेको दमक स्थित आम्दा अस्पतालमा कार्यरत स्टाफ नर्स सिमा खड्काले बताउनु भयो ।

 

 

विदेशमा कामको सम्मान छ । नर्सलाई अवसर पनि धेरै छन् । काम अनुसारको उचित तलब पनि छ । ‘अमेरिका लगायत देशमा नर्सको ५–७ लाख कमाइ हुन्छ । केही पैसा जोगाउन सके पनि ठूलो रकम हुन्छ’ अस्पतालको मेरुदण्डको रूपमा रहेको नर्सिङ पेशाप्रति नैराश्य छाउँदै गएको छ । जसका कारण स्वदेशमै बसेर काम गर्छु भन्नेको संख्या घट्दो र विदेशतिरको आकर्षण हुने संख्या दिन÷प्रतिदिन बढिरहेको प्रति आम्दा अस्पतालमै कार्यतर स्टाफ नर्स कमला घिमिरेको भनाई छ ।

 

निजी अस्पतालमा जागिर खानेले उचित तलब पाउँदैनन् । सरकारीमा एक नर्सले ५० भन्दा बढी बिरामी हेर्नुपर्ने बाध्यता छ । एकातर्फ काम गरिरहेको संस्थाको विरोध नै गर्दा भएको जागिर पनि जाने डर हुन्छ । निजी संस्थाले गरेको श्रमशोषणको मनपरीतन्त्रलाई नियन्त्रण गर्ने सरकारी निकाय पनि मौन छ । नेपालमा भविष्य नहुँदा अधिकांश नर्स विदेशको लागि प्रयासरत छन् । नर्सहरुलाई नेपालमै काम गर्ने वातावरण बनाउन सरकारले सबै खाले नर्सहरुको तलवमान तोक्नु पर्ने र तोकिएको तलवमान सबै खाले अस्पतालबाट अनिवार्य भुक्तानी गराइनु पर्ने बताउनु हुन्छ दमक अस्पतालमा लामो समय देखी नर्स पेषा गरिरहनु भएकी देवि दंगाल ।

 

अरुलाई नयाँ जीवन दिने नर्सहरु आफ्नो व्यवसायीक पेषाका कारण आफ्नै देश भित्र धरापमा परीरहेका छन् । सरकारको सहि निती नभएका कारण नर्सहरुमा नैरास्यता बढिरहेको छ । जसले गर्दा उनीहरुमा विदेश मोह चुलीदो छ । जसको असर नेपालका अस्पतालहरुमा क्षमता अनुसार नर्सको अभाव हो । त्यो अभाव पुर्ती गर्न विदेशबाट ल्याउनुको विकल्प हुदैन । त्यसबेला नेपालले विदेशबाट नर्स आयात गर्न सक्ने क्षमता कति राख्न सक्ला त्यो भने हेर्न बाँकीनै छ । आशा गरौ सरकारले त्यो दिन देख्न बाध्य बनाउने छैन ।

भिडियोमा हेरौ

 

 

Share: