मिटर पीडतको मेची महाकाली ‘न्याय मार्च’ के भन्छन् पीडित ?(भिडियो हेरौ)

झापा/
मिटरव्याज पीडतहरुले ‘न्याय मार्च सुरु गरेका छन् । झापाको काँकरभिट्टा स्थित मेचि नदिको किनारबाट उनीहलरुले आफ्नो मार्च सुरु गरेको घोषणा गरेका छन् ।
विभिन्न जिल्लाबाट भेला भएका मिटर ब्याज पीडितहरुले आफुहरुको समस्याले निकास नपाए सम्म सडक नछोड्ने उध्घोस समेत गरे ।
मिटर ब्याज तथा ठगी किसान मजदुर संघर्ष समितिका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहले मिटर ब्याजसँग सम्बन्धित सम्पूणर् ‘फर्जी लिखत’, ‘पीडितको सम्पत्तिको हक हस्तान्तरण’ बदर लगायतका छ बुँदे माग सरकारसँग राखेर शहिद दिवसको अवसरमा पैदल यात्रा सुरु गरिएको बताउनुभएको छ ।

“माघको चिसोमा चप्पल लगाएर एकसरो लुगामा पीडितहरु न्याय माग्दै सडकमा आउनु बाध्यता हो,” अध्यक्ष कुशवाहले ‘न्याय मार्च’को उद्घाटन अवसरमा भन्नुभयो-“पीडितहरुको माग सरकारले छिटोभन्दा छिटो सुनोस् । जबसम्म मागको सुनुवाई हुँदैन, तबसम्म हामी सडक छाड्दैनौं ।”

 

सरकारले देशभरिबाट मिटर व्याज पीडितको निवेदन संकलन गरे तापनि उनीहरुलाई न्याय दिन नसकेको र अदालतबाट पनि पीडककै पक्षमा पटकपटक आदेश जारी हुन थालेको हुँदा सडक आन्दोलनमा उत्रिन बाध्य हुनुपरेको उहाँले बताउनुभयो ।

काँकरभिट्टाबाट सञ्चालनमा रहेको लोकतन्त्र पोष्टबाट साभार गरिएको यो समाचार यहि पोर्टलका प्रधान सम्पादनक मोहन काजीले आफ्नो फेसबुकमा राख्नु भएको भिडियो पनि यहाँ राखीएको छ ।

बिगत तीन वर्षदेखि न्यायका लागि आन्दोलन गरिरहेको जनाउँदै उहाँले अधिकारसम्पन्न न्यायिक छानविन आयोग गठन गर्न र पीडकलाई कानूनी कार्वाही गर्ने शक्तिशाली कानून निर्माण गर्न सरकारसँग माग गर्नुभयो ।

 

देशभरमा पाँच हजार र झापामा छ सयभन्दा बढी मिटर ब्याज पीडित रहेको संघर्ष समितिका झापा सचिव नाराद दवाडीले बताउनु भएको छ । पीडितहरुले मिटर व्याजीहरुलाई पक्राउ गरेर कार्वाही गर्न माग गर्दा प्रमुख जिल्ला अधिकारीहरुबाट समेत केही गर्न नसकिने निरीहता प्रस्तुत भएको गुनासो सुनाउनुभयो ।

 

“एउटै मिटर व्याजीले थुप्रै पीडितको उठिबास लगाएको प्रमाण छ, तर अदालतबाट उल्टै पीडककै पक्षमा निषेधाज्ञा जारी हुने गर्छ,” उहाँले भन्नुभयो-“पीडितहरुलाई न्याय दिलाउनका लागि हामी ३६ महिनादेखि निरन्तर शान्तिपूणर् आन्दोलनमा छौं । सरकारले हाम्रा कुरा सुनेन, न्यायलयले पनि सुनेन । त्यसैले हामी सडकमा आएका छौं ।”

 

मेचीनगर नगरपालिका-६ का पदम कटुवालले मिटर व्याजबाट पीडितहरुले बित्थामै अदालत र प्रशासनमा तारिख धाइरहनु परेको गुनासो व्यक्त गर्दै सरकारले आफ्ना नागरिकलाई अन्याय परेको अवस्थामा गम्भीर बनेर अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

 

पैदल यात्रामा सहभागी सिराहा-२ की राम राजीले रु. सात लाख ऋण लिएकोमा रु. नौ लाख तिरिसक्दा समेत मिटर व्याजीले घरजग्गा हडपेको बताउनुभयो । उहाँले भन्नुभयो-“सबै लुटियो, अब भोकै भए पनि आन्दोलनमै लाग्छु, मलाई न्याय चाहियो । मेरो सम्पत्ति फिर्ता चाहियो ।”

 

Share: