दमक/
दमकमा झण्डैएक दर्जनको संख्यामा अस्पतालहरु छन् । तर यहाँ भएका अस्पतालहरुमा सबै सेवा सुविधा छैन । विषेश गरि मुटु र बालरोगका बिषेशज्ञको अभाव दमकले झेल्दै आएको छ । यहि समस्याको मद्यनजर गरेर दमक नगरपलिकाले विभिन्न विषेशज्ञहरु सहितको तिन दिने बृहत स्वास्थ्य शिविरको आयोजना गरेको छ । शुक्रबार सुरु भएको शिविर लगातार ३ दिन सम्म सञ्चालन हुने छ ।
इलामको माई नगरपालिकाकी देशमाया लिम्बुको छोरोको जन्मदै मुटुमा प्वाल परेको भनेर चिकित्सकले बताएका थिए । त्यसैबेला देखि उहाँले छोराको नियमित उपचार गराउँदै आउनु भएको छ । काठमाडौमा रहेको शहिद गंगालाल ह्रिदय रोग अस्पतालमा उपचार गराउँदै आउनु भएको थियो । हरेक वर्ष उहाँ छोरलाई लिएर फलोअपमा काठमाडौ गइरहनु पर्छ । तर यो पटक भने जानुनै परेन । किनकी काठमाडौको अस्पतालमा पाइने सेवा दमकमै पाउनु भयो । त्यो पनि निशुल्क । यसले गर्दा उहाँको समय मात्र बचत भएन खर्च पनि जोगीयो । दमक नगरपालिका, घुन्सा फाउण्डेसन नेपाल र विपन्नकालागि स्वास्थ्य नेपाल सस्थाले आयोजना गरेको बृहत स्वास्थ्य शिविरले निकै राहत मिलेको लिम्बुले बताउनु भयो
दमक नगरपालिका अन्तर्गत दमक अस्पताल धमाधम बनी रहेको छ । भवन निर्मणको काम अव अन्तिम चरणमा पुगेको छ । साथै यहा रहेको रेडक्रस सोसाईटिको भवनमा बाल अस्पताल निर्माणको काम पनि धमाधम भइरहेको छ । निर्माणाधिन दमक अस्पतालले सेवा सुरु गर्दा कस्ता सेवालाई थप गर्ने र बालबालिकाको अस्पताल बन्दै गर्दा यस क्षेत्रका बालबलिकामा कस्ता समस्या रहने छन् भन्नेबारेमा जानकारी लिन पनि दमकमा यस प्रकारको बृहत स्वास्थ्य शिविर आयोजना गरिएको दमक नगरपालिकाकी उप प्रमुख गीता अधिकारीले बताउनु भयो । यहाँ दमकका मात्रै सेवाग्राहि नआउने बताउँदै अधिकारीले दमक आसापसका सबै नागरिकले सेवा लिन सक्ने उल्लेख गर्नु भयो । दमक कन्काई माईदेखी पश्चिम र बेलबारी देखी पूर्वको केन्द्र रहेकोले यस क्षेत्रका सबै नागरिकले आएर सेवा लिन सक्ने उहाँको भनाई छ ।
यो शिविरमा मुटु, बालरोगका साथै निशुल्क अल्ट्रा साउण्ड साथै अन्य थुप्र्रै विशेषज्ञ सेवा उपलब्ध छन् ।, औषधि पनि विभिन्न कम्पनीहरुले नै निशुल्क उपलब्ध गराउने । जटिल रोगी तथा विरामीहरुलाई काठमाडौ बोलाएर निशुल्क शल्यक्रिया गराउने सम्मका सेवा उपलब्ध गराइएको मनमोहन कार्डियो थेरासिक एण्ड भास्कुलर ट्रान्सपाल्ट सेन्टरका सनियर कन्सन्ट्रेड डा अलिन भट्टराईले बताउनु भयो ।
शिविरको भुर्चअल माद्यम मार्फत उद्धघाटन गरिएको थियो । पूर्व प्रधनमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्धघाटन गर्नु भएको कार्यक्रममा उहाँले शिविरबाट आम नागरिकलाईसेवा लिन अपिल गर्नु भयो । आफ्ने स्वास्थ्य स्थिती कस्तो भनेर परिक्षण गर्न र जटिल परिस्थिती भए निशुल्क पाउने सेवामा सरिक भइ फाईदा लिन पनि अनुरोध गर्नु भएको छ ।
पुष ९ गते शुक्रबारबाट सुरु भएको शिविर पुष ११ गते आईतबार सम्म सञ्चालन हुने छ । दमक ७ स्थित वडा नं ७ को कार्यालय परिसरमा भएको शिविरको दमक नगरपलिका, घुन्सा फाण्उडेसन र विपन्नका लागि स्वास्थ्य नेपाल सस्थाले शिविरको आयोजना गरेको हो । शिविरमा काठमाडैका मुटु रोग विषेशज्ञ , बाल रोग विषेशज्ञका साथै अन्य चिकित्सकहरुले सेवा दिइरनु भएको छ ।