दमकमा लागु पदार्थ दुव्र्यसनीको अभियानले के उपलब्धी दिइरहेको छ ?(भिडियोमा हेरौ)

lagu aushadh

दमक/
दमकमा लागु औषध दुव्र्यशनीका विरुद्धमा अभियान सञ्चालन गर्न भन्दै दमक नगरपालिकाले मंसिरको अन्तिम साता भव्य कार्यक्रम राखेको थियो ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको प्रमुख आतिथ्यतामा समुद्धघाटन गरिएको सो अभियान यता नगरले दमकका १० वटै वडामा गएर वडा स्तरको अन्तरकृया पनि सम्पन्न गर्यो । अन्तरकृयामा हरेक टोलबाट प्रतिनिधीमुलक सहभागी भएका थीए । टोल स्तरबाट विभिन्न तहका सुझावहरु नगरले प्राप्त गर्यो ।

त्यसपछि दमक समिक्षा गर्न भन्दै बिहिबार दमकमा अर्को भेला गराइयो । सर्वपक्षीय तथा सर्वदलीय भेलामा प्रमुख जिल्ला अधिकारी बन्दु प्रसाद बास्तोला प्रमुख अतिथी रहनु भएको थियो ।

यो भेलामा पनि सहभागी भएकाहरुले समाजबाट लागु पदार्थ दुव्र्यशनी कसरी घटाउन सकिन्छ भन्नेबारेमा आ आफ्ना सुझावहरु दिएका थीए । केहि पूर्व लागुपर्दा सेवनकर्ताहरुले आफ्नो अनुभव पनि भेलामा राखेका थीए ।

नगरपालिकाका प्रमुख राम कुमार थापा, उप प्रमुख रेगिना भट्टराई प्रसाई, जिल्ला प्रहरी कार्यालय, इलाका प्रशाषन कार्यालयका प्रतिनिधी, लगायत सबै सरोकारवालाहरुको कार्यक्रममा उपस्थिती रहेको थियो ।

 

कार्यक्रममा अभियानभर प्रहरीले केके गर्यो ? भन्ने बारेमा इलाका प्रहरी कार्यालय दमकका प्रमुख मनोज कुमार लामाले प्रस्तुती राख्नु भएको थियो । उहाँले नगरले सञ्चालन गरेको अभियानमा सहभागी हुदै आफ्नो टोलीलाई गाउँ गाउँमा पनि परिचालन गरिएको जानकारी गराउँदै भन्नु भयो ‘हामीले यो अभियान सुरु भएयता मात्रै ३८ जनालाई पक्राउ गरेका छौ । ’

 

अहिले दमक नगरपालिकाले यो कार्यक्रमलाई प्राथमिकतामा राखेर सञ्चालन गरिरहेको दमक नगरका प्रमुख राम कुमार थापाले जानकारी गराउनु भयो । लागुपदार्थका कारण समाजका सबै तहका यूवा तथा अन्य उमेर समुहलाई समेत असर पारीरहेको र दमक जिल्लाकै सबै भन्दा दोस्रो ठुलो कारोबार हुने नगरमा रहेकोले यसलाई निर्मुल पार्न अभियानका रुपमा सुरु गरिएको जानकारी गराउनु भएको थियो ।

उहाँले ‘मानीसको भविष्यसँग जोडिएको कुरा, स्वास्थ्यसँग जोडीएको कुरामा हामी चुप लागेर बस्न सकेनौ , हामीले यसलाई नगरका सबै टोल टोलमा पुर्याएर यसका कारोबावरीको खोजी गर्ने , पहिचान गर्ने र प्रहरीसँग समन्य गरी त्यस्ता कारोबारी तथा प्रयोगकर्ताहरुलाई सजग तथा सचेत गराउने काम सुरु गरेका छौ ।’

नगरको यस्तो अभियान थाह पाएपछि यसलाई थप प्रभावकारी रुपमा बनाएर अघी बढाउन प्रमुख जिल्ला अधिकारी बन्दु प्रसाद बास्तोलाले सुझाव दिनु भयो । ‘यो अभियान एक वर्षमा मात्रै नसकिने र अभियानभरबाट आएको परिवर्तनलाई यथास्थितीमा राखीरहन निरन्तर फरक फरक कार्यक्रम गरिरहन पर्छ । ’ प्रमुख जिल्ला अधिकारी बास्तोला भन्नु हुन्छ ‘यसको निर्मुलनै गर्न निकै चुनौती छ तर पनि समुदाय स्तरबाट आम नागरिकको जागरुपताबाट यो सम्भव पनि छ । ’

 

उहाँले झापाको कुन सिमानाकाट बाट कस्ता र कती मात्रामा लागु पदार्थ भीत्रिरहेका छन् । यसबारेमा सिमामै पनि विषेश कार्यक्रम गरि जिल्लामा यसको प्रवेशमा निर्मुल पार्न प्रशाषन कार्यालयको तर्फबाट विषेश कार्यक्रम गरिने पनि उहाँले जानकारी दिनुभयो ।

भिडियोमा हेरौ

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन

आमाहरुलाई खुसी पार्ने कार्यक्रम, सम्मानका साथमा मिष्ठान्न भोजन

आमाहरुलाई एक दिन मातातीर्थ औषिको अवसमार मात्रै सम्झेर नपुग्ने भन्दै आमाको महिमा अपरम्पार रहेकोले हरेक दिन हरेक पल सम्झेर सम्मान गर्न आवश्यक

दमक बजारको तरकारी तथा फलफूल परीक्षण, अधिकांश खान योग्य रहेको रिपोर्ट

तरकारी, फलफूल तथा बाहिर खुला राखेका अन्य खाद्यान्नका कारण मानिसहरुमा बिभिन्न जटिल प्रकृतिका रोगहरु लाग्ने गरेका छन् ।