मेचि भन्सार :तीन महिनामा तीन अर्ब ६९ करोडको कृषिजन्य सामाग्री निर्यात

झापा/
पूर्वीनाका काँकडभिट्टा हुँदै रु तीन अर्ब ६९ करोड पाँच लाख १२ हजार मूल्य बराबरको कृषि, जडीबुटी तथा काष्ठ उत्पादन निर्यात भएको छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार कात्तिकदेखि पुस मसान्तसम्मको तीन महिनामा २५ हजार ४० मेट्रिक टन मालसामान भारत, बङ्गलादेश लगायतका मुलुकमा निर्यात भएको हो ।

यस अवधिमा सबैभन्दा बढी रु एक अर्ब ६६ करोड आठ लाख मूल्य बराबरको दुई हजार सात सय ६८ मेट्रिक टन चिया निर्यात भएको छ । अलैँची, अम्लिसो, प्लाइउड र अदुवासमेत उल्लेख्य मात्रामा निर्यात भएको छ ।

कार्यालयको तथ्याङ्कअनुसार रु ९८ करोड ९६ लाख मूल्य बराबरको एक हजार दुई सय ३७ मेट्रिक टन अलैँची, रु ५३ करोड १२ लाख ६५ हजार मूल्य बराबरको १५ हजार एक सय ७९ मेट्रिक टन प्लाइउड, रु ३० करोड ४६ लाख ४० हजार मूल्यको दुई हजार तीन सय ८० मेट्रिक टन अदुवा र रु १३ करोड ८१ लाख २० हजार मूल्य बराबरको एक हजार एक सय ५१ मेट्रिक टन अम्लिसो भारततर्फ निर्यात भएको छ ।
तरकारी वस्तुमा बन्दा कोभी र मूला भारत निर्यात हुने गरेको छभने मसुरो दालसमेत उल्लेख्य मात्रामा निर्यात भएको छ । उक्त तीन महिनाको अवधिमा रु एक करोड ७२ लाख ६२ हजार मूल्य बराबरको एक सय २६ मेट्रिक टन मसुरो दाल, रु २० लाख ४८ हजार मूल्य बराबरको एक सय २८ मेट्रिक टन बन्दाकोभी र रु २९ हजार मूल्य बराबरको करिब दुई मेट्रिक टन मूला भारत निर्यात भएको कार्यालयले जनाएको छ । निर्यात बस्तुमा जडीबुटीतर्फ चिराइतो, पीपला, अमला, मजिठो, सुगन्ध कोकिल, धूपी, पदमचाल र चुत्रो रहेको छ । यीमध्ये चिराइतो सबैभन्दा बढी मात्रा र मूल्यमा निर्यात हुने गरेको छ ।

कार्यालयका अनुसार दोस्रो त्रैमासिक अवधिमा रु ९४ लाख मूल्य बराबरको ४७ मेट्रिक टन चिराइतो, रु एक लाख छ हजार मूल्य बराबरको एक मेट्रिक टन पीपला, रु दुई लाख ९५ हजार मूल्य बराबरको अढाई मेट्रिक टन अमला, रु दुई लाख ५० हजार मूल्य बराबरको दुई मेट्रिक टन मजिठो, रु. एक लाख ९८ हजार मूल्य बराबरको दुई मेट्रिक टन सुगन्ध कोकिल, रु तीन लाख ५० हजार मूल्य बराबरको १० मेट्रिक टन धूपी, रु छ लाख ९० हजार मूल्य बराबरको छ मेट्रिक टन पदमचाल र रु ३९ हजार मूल्य बराबरको एक मेट्रिक टन चुत्रो निर्यात भएको छ ।

आव २०८०-८१ को प्रथम त्रैमासिक अवधि साउन, भदौ र असोज महिनामा तरकारी, जडीबुटी, प्लाइडका सामान, अम्रिसोलगायत कूल रु पाँच अर्ब २७ करोड ३६ लाख २९ हजार मूल्य बराबरको नेपाली उत्पादन भारत, बङ्गलादेशलगायत मुलुकमा निर्यात भएको थियो

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकका सडक सौन्दर्र्यीकरणले नगरको पहिचान फेरिदै, स्थानीय के भन्छन् ?

दमक, कार्तिक २८ । अहिलेको शहरीकरणको समयमा, धेरै स्थानमा हरियालीको अभाव देखिन्छ। तर, दमक नगरपालिकाले यसको विपरीत, सडक किनारमा हरियाली राख्ने पहल गरेको छ। यसले

मधेश प्रदेशमा कलिलै उमेरमा विवाह गर्ने प्रवृत्ति अझै पनि बलियो

काठमाण्डौं,२८ कार्तिक । कानुनी प्रतिबन्ध र निरन्तरका जनचेतनामूलक अभियानका बाबजुद मधेश प्रदेशमा बालविवाहको अवस्था अझै विकराल रहेको एक सरकारी तथ्याङ्कले देखाएको छ।राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक

९८ किलो गाजासहित २ पक्राउ

सुनसरी, कार्तिक २८ । सुनसरीको इटहरी उपमहानगरपालिका–३ डाँडागाउँ टोलबाट प्रहरीले ९८ किलो गाँजा बरामद गरेको छ । सीटी सफारीमा लोड गरिएको अवस्थामा गाँजा बरामद भएको

संसद पुनर्स्थापनाकाे विकल्प छैन : सभामुख देवराज घिमिरे

बिर्तामोड,२८ कार्तिक । सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो संसद पुर्नस्थापना हुनुपर्ने बताउनु भएको छ् । उहाँले असंवैधानिक प्रक्रियाबाट संसद विघटन भएकोले पुर्नस्थापना हुनैपर्ने बताउनु भयो