दमक/
नेपालकै राष्ट्रिय गौरवको परियोजनाका रूपमा दमक भ्यू टावरको निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
दमक ३ स्थित दापगाछीमा २०७६ साल असार २७ गते सुरु भएको थियो । ठेकेदार कम्पनी आशिष ओम साइराम जेभीले यही महिनाभित्र निर्माणको काम पूरा गरी सरकारलाई हस्तान्तरण गर्ने बताएको छ ।
भ्यू टावरको निर्माणमा १ अर्ब ३८ करोड १८ लाख चार हजार पाँच सय ६९ लाग्ने सुरुको सम्झौता भए पनि पछि नौ प्रतिशत लगानी बढेर कूल लागत भ्याटबाहेक एक अर्ब ५० करोड ६३ लाख ८५ हजार नौ सय ६४ खर्च भएको छ ।
माघभित्रै निर्माण सम्पन्न हुने बताइएको भ्यू टावर सञ्चालनका बारेमा कुनै खाका तयार भएको छैन । जसका कारण भ्यू टावर कतै रमिता हेर्ने स्थानका रूपमा मात्र पो सीमित हुने हो कि भन्ने सर्वत्र चिन्ता देखिएको छ ।
भ्यू टावर निर्माण बन्ने भए पनि २१ जना स्थानीयले करिब पाँच बिघा जग्गा टावरका लागि निःशुल्क प्रदान गरेका थिए । सोही स्थानमा अहिले १८ तलाको कंक्रिट ढलान र त्यसमाथिको २८ मिटर अग्लो स्टील टावर निर्माणको काम पूरा भएको छ ।
संरचना कस्तो बन्दैछ ?
आशिष ओम साइराम जेभीकासब-इन्जिनियर सुभशंखर बिराजीका अनुसार टावर निर्माणको सम्पूणर् काम पूरा भएर अहिले रंगरोगनको काम भइरहेको छ ।विस्तृत परियोजना प्रस्ताव अनुसार निर्माण गरिएको यस भ्यू टावरको भुइँतलामा ४० वटा चार चक्के र दुई सय दुई चक्के सवारीसाधन अट्ने क्षमताको पार्किङ स्थल रहेको छ ।
चार वटा तलामा व्यापारिक प्रयोजनका पसल, पाँचौ तलामा सेमिनार हल, छैटौँदेखि नवौँ तलासम्म बैङ्क, वित्तीय संस्थालगायत व्यापारिक केन्द्र, दशौँदेखि चौधौँ तलासम्म कृषि तथा औद्योगिक सामानको प्रदर्शनी हल, पन्ध्रौँ र सोह्रौँ तलामा रेस्टुरेन्ट, लज सञ्चालन प्रयोजनका लागि तयार गरिएको छ । सत्रौँ र अठारौँ तलामा दृश्यावलोकन उपकरणसहित कक्ष रहेका छन् ।
नगरले सञ्चालन गर्न सक्ला ?
केन्द्र सरकारको लागतमा दमकमा निर्माण भएको भ्यू टावर सञ्चालन गर्ने बारेमा खाका नबन्दै दकम नगरपालिका एक्लैले यो आयोजनान सञ्चालन गर्न नसक्ने दमक नगरपालिकाले जनाएको छ ।
यसले ठूलो परियोजना भए पनि शहर भन्दा टाढाको दूरीमा भ्यू टावर बनेकाले यसलाई सञ्चालनका लागि चुनौती हुने भन्दै आफ्नो एक्लैको सामथ्र्यले भ्यू टावर सञ्चालन गर्न नसकिने हो कि भन्ने डर नगरमा रहेको नगरकी उप प्रमुख रेगिना भट्टराई प्रसाईले बताउनु भयो ।
निर्माणको अन्तिम चरणमा रहेको भ्यू टावर सम्पन्न भएपछि यसको सञ्चालन गर्ने बारेमा कुनै तहबाट नगरपालिकासँग छलफल र सुझाव लिने काम नभएको बताउँदै उप प्रमुख प्रसाई भन्नु हुन्छ ‘ठूलो परियोजना रहेकाले पनि भ्यू टावर सञ्चालन गर्न नगरपालिका एक्लैले सक्दैन त्यसैले केन्द्र वा प्रदेश सरकारले यसमा सहयोग गरिदिए हामी यसको व्यवस्थापीकय काम हेर्ने थियौ ।’ हुन त अहिलेनै भ्यू टावर कस्ले र कसरी सञ्चालन गर्ने भन्नेबारेमा टुङ्गो नलागी सकेकोले यो हामीलेनै चलाउने वा केन्द्रले चलाउने भन्ने कुराको निक्र्यौल भइनसकेको बताउँदै उहाँले भन्नु भयो ‘निर्माण सम्पन्न होस , निर्माण कम्पनीबाट हस्तान्तरण सकियोस अनी कार्यविधि बनाएर कस्ले र कसरी चलाउने भन्ने बारेमा छलफल गरौला ।’ उज्यालो खवरसँग संक्षीप्त कुरा गर्दै उहाँले बताउनु भयो ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ असार २७ गते दमक भ्यू टावरको शिलान्यास गर्नुभएको थियो ।