गौरादह/
झापा गौरादहका एक युवक ४ दिनदेखी बेपत्ता भएका छन् । गौरादह नगरपालिका ७ ग्वाडुब्बास्थित त्रिबेणी टोल बस्ने २० बर्षका सुजन कार्की गत २१ गते आईतबार साँझ देखी परिवारको सम्पर्कमा नआएको बेपत्ता सुजनका बुवा कणर् बहादुर कार्कीले जानकारी दिए ।
मानसिक रोगको समस्यामा समेत रहेका सुजन २१ गते साझ स्थानीय ग्वालडुब्बा बजारबाट सिटि चढेर गौरादह तर्फ जादै गरेको स्थानीयले देखेपछि परिवारलाई खबर गरेका थिए ।
स्थायी घर खोटाङको राजापानी भएका सुजनले स्थानीयलाई पहाड हिडेको भन्दै सिटि सफारमिा चढेका थिए । तर, हालसम्म उनी कहा छन् भन्ने यकिन नभएको र परिबारसहित आफन्त कसैकोपनि सम्पर्कमा नआएकोले सुजनका बुवाले ईलाका प्रहरी कार्यालय गौरगिञ्जमा बेपत्ता छोराको खोजी गरिदिन निबेदन समेत दिएका छन् ।
सुजनले साथमा कालो झोला र रातो जेब्रा झोला समेत बोकेर हिडेको सुजनलाई सफारी चढ्दै गरेको देख्नेहरुले बताएका छन् । सुजनलाई कतै फेला पारेमा नजिकको प्रहरी कार्यालयमा बुझाईदिन या सुरक्षित राखेर परिबारलाई खबर गरिदिन सुजनकी आमा शान्ता कार्कीले आग्रह गरेकी छन् ।