३ करोडको कारोबारबाट २५ लाख बचत गर्ने दमक महोत्सव उद्धघाटन गर्न आज अर्थमन्त्री आउँदै

दमक/
आज झापाको दमकमा पाँचौ दमक महोत्सव सुरु हुदै छ । १५ दिन सम्म चल्ने यो महोत्सवमा ३ करोड बढिको आर्थीक कारोबार हुने दावी गरिएको छ । दमक उद्योग वाणिज्य सघंले आयोजना गरेको यो महोत्सवमा १ सय भन्दा बढि स्टलहरुमा बिभिन्न ब्यापारीहरुले बुकिङ गरिसकेका छन् ।

भारतका बिभिन्न व्यवसायीक सस्थाहरुले समेत स्टल बुकिङ गरेका छन् भने अन्य सबै स्टल दमकका उद्योगी तथा व्यवसायीहरुको रहेको महोत्सव संयोजक राजु खड्काले जानकारी दिनु भयो ।

अहिले आर्थीक मन्दिको मार खेपीरहेका व्यापारीहरुकालागि यो महोत्सवले केहि रात दिने विस्वास गरिएको छ । व्यापारीको अहिलेको समस्याका बारेमा केहि अवगत गराउँदै त्यसमा सरकारका तर्फबाट केहि सम्बोधन गराउन बिभागीय मन्त्रीलाई महोत्सवको उद्धघाटनकालागि बोलाइएको सघंका अध्यक्ष गोपाल गुरागाईले जानकारी दिनु भयो ।

अर्थमन्त्री प्रकाश शरण महतले आज माध्यान्नमा महोत्सवको उद्धघाटन गर्ने गरी समय तय गरीएको गुरागाईले बताउनु भयो । यस्तै आज महोत्सव अवलोकन गर्न सबै सर्वसाधरणकालागि निशुल्कको व्यवस्था समेत गरिएको जनाइएको छ ।

Share: