Search
Close this search box.

दमक/
घर जग्गा र सेयर बजारमा बढ्दो ब्याजदरमा अत्याधिक लगानी भएपछि नेपाली अर्थतन्त्रमा संकट भएको अर्थमन्त्री डा. प्रकाश शरण महतले बताउनु भएको छ ।

आज झापाको दमकमा पाचौ दमक महोत्सवको उद्घाटनसभालाई संभोधन गर्दै उहाले सो धारणा राख्नु भएको हो ।

राष्ट्र बैंकसग समन्वय गर्दा नेपालको उद्योग धन्दाको उत्पादनमा भन्दा बढी कर्जा लगानी अनियन्त्रित रुपमा घर जग्गा र सेयर बजारमा रहेको पाईयो ।

नेपाल राष्ट्र बैंकले सहि नियमन गर्न र उचित प्रतिवेदन दिन नसक्दा बढेको बलगानीका बेला अनुत्पादक क्षेत्रमा असीमित लगानी भएको उहाले बताउनु भयो ।

जग्गा र सेयर कारोबारमा अधिकांश बित्तीय संस्थाको अस्वस्थ प्रतिस्पर्धाका कारण दिनमा दुईगुणा र रातमा चौगुणा वृद्धि भएको उहाको टिप्पणी थियो ।

” यसमा नेपाली अर्थबजरको धेरै चलपुजी लगानी भएर जाम भयो । ” उहाले थप्नु भयो ” आज घर जग्गा र सेयर बजारमा लगानी गरे भोलि नै दुईगुणा प्रती उत्पादन मुनाफा गर्न सकिने प्रलोभनमा नेपाल राष्ट्र बैंकको फितलो अनुगमनले लगानी अत्याधिक भएको हो ।”
जसका कारण अहिलेको आर्थिक संकट सिर्जना भएको उहाको दावी छ ।

स्थानीय स्तरमा समुदायको सेवा र आर्थिक उन्नतिकालागी स्थापना गरिएका सहकारीहरुले पनि कमजोर अनुगमनको फाईदा उठाउदै यहि क्षेत्रमा लगानी बढाएको उहाको भनाई थियो ।
यी क्षेत्रमा लगानी भएका कारण सहकारीका सेयर सदस्यको बचत समेत समयमा फिर्ता गर्न नसकेको अर्थमन्त्री डा. महतको भनाई थियो ।

“जसले गर्दा नियमित उठ्नु पर्ने किस्ता र ब्याजदर उठन नसकेको हो” ।
यसले गर्दा बचतकर्ताको रकम समयमा फिर्ता गर्न नसक्दा सहकारी प्रतिकै बिश्वास घट्दै गएको उहाको भनाई थियो ।

यसरी नेपाली बजारमा सिर्जना भएको आर्थिक समस्यालाई केही ब्यक्तिले फाईदा लिदै बैंक तथा सहकारीको ऋण समेत तिर्न पर्दैन ,हामी मिनाहा गर्दिन्छौ भन्दै आन्दोलन समेत गरेका कारण बित्तीय तरलतामा झन ठूलो समस्या सृजना भएको उहाले बताउनु भयो ।

अहिले ऋणीहरुको आन्दोलनको नेतृत्व गरिरहनु भएका दुर्गा प्रसाईलाई लक्ष्यित गर्दै अर्थमन्त्री डा. महतले भन्नू भयो ” यो भ्रमको पछि नलाग्नु होला”

 

Share:

Facebook
Twitter
Email
WhatsApp