"अवसर बन्यो कोरोना"

कोभिड बुटि श्रींखला ३ भाग ३ कोरोना नियन्त्रण चुनौतीसंगै अवसर पनि, दमकमा अस्पताल संरचना निर्माणदेखि करोडौको उपकरण जडान (भिडियो सहित)

दमक /                                                                    कोरोना काल सुरु भएपछि  चुनौती धेरै आए । कसैको नोकरी गयो । कोहि ब्यापार र व्यवसायबाट पलायननै पनि हुन पर्यो । तर यहि अवस्थामा केहि सिक्ने र बुझ्ने पनि मौका मिल्यो । नयाँ तरिका र विकल्पका बारेमा छलफल भयो । यसलाई कतिले अवसर पनि  ठाने । कोरोना कालमा सबैको एउटै लक्ष्य बन्यो स्वास्थ्य क्षेत्र चाहि मजबुद बनाउन पर्ने रहेछ भन्ने । हो दमक नगरपालिकामा पनि यहि बेलामा धेरै स्वास्थ्य संरचना बने । कयौ नयाँ उपकरणहरु जोडिएका छन् । जसले कोरोना कालमा मात्र होईन सामान्य बेलामा पनि स्वास्थ्य सेवा प्रवाह गर्न सहज बनाएको छ । कोभिड बुटिको तेह्रो श्रींखलाको भाग तीनमा कोरोना दमकमा कोरोना कालमा कस्ता संरचना र उपकरण थप गरिए भन्ने बारेमा तयार पारिएको छ ।
दमक स्थित दमक अस्पतालमा अक्सिजन प्लान्ट बनि सकेको छ । यसको अस्पताललाई औपचारिक हस्तान्तर्ण पनि  भइसक्यो । कोरोना कालमा सबैभन्दा धेरै आवश्यक परेको अक्सिजन ढिलै भएपनि  प्रतिघण्टा ४० घनमिटर उत्पादन हुने गरिको  अक्सिजन अव यहिबाट उत्पादन हुन्छ । अव दमकमा अक्सिजनको अभाव झेल्न नपर्ने बताइएको छ । यस्तै कोरोना संक्रमितको उपचारका लागी ३० शैयाका  कोरोना विषेश अस्पतालको संरचना नै बन्यो । यहाँ आवश्यक पर्ने बिभिन्न उपकरणहरु पनि यहाँ जडान गरिएका छन् । श्रोत साधन सहितको २५ शैयाको आइसुलेसेन अहिले पनि छ । यस्तै आम्दा अस्पतालमा यहाँका सामाजिक सस्थाहरुको अगुवाईमा इमरजेन्सि वार्ड नै बन्यो । यस्तै यहाँ आइसियू भवन पनि बनाउन यहाँका सामाजिक सघं सस्था अग्रसर भएर लागी परेका छन् । यस्तै  कोरोनाको असर बालबालिकामा पनि देखिन थालेपछि यहाँ बाल अस्पतालनै बनाउने काम पनि धमाधम चलिरहेको छ । रेडक्रस भवनमा यसको निर्माणको काम अहिले चलीरहेको छ । दमक नगरपालिकाले कोभिडको बेलामा यहाँ रहेका सघं सस्थाहरुको सहकार्यका साथै, आफै, प्रदेश र केन्द्र सरकारसँगको समन्वयमा गरेको काम निकै प्रभावकारी भएको रेडक्रस दमकका सभापति प्रकाश बुढाथोकीले बताउनु भयो । नगरपालिकाले यसको नेतृत्व नगरेको भए सायद दमकमा निकै बिरामीको उपचार नै पाउन नसकेर मृत्यू वरण गनूपर्नेको सख्या अघिक हुने  उहाँकोले मुल्याकंन गर्नु भएको छ ।

भिडियो
https://youtu.be/euXKhhtS9_k
कोरोना संक्रमितको उपचारकालागि भनेर आइसियू,भेण्टिलेटर लगायत अन्य थुप्रैै उपकरण आए  । अहिले कोरोना संक्रमण केहि कम भएको छ । त्यसैले कोरोना अस्पताल हालका लागि स्थगीत गरिएको छ । तर यहाँ रहेका संरचनाहरुलाई दमक अस्पतालमा प्रयोग गरिने अस्पतालकी सुचना अधिकारी देवि दंगालले बताउनु भयो । उहाँका अनुसार कोरोना कालमा आएका सबै सामाग्रीहरुलाई सुरक्षीत गरेर राखीएको छ । कोरोना रिमिट्याम्मै भएपछि  ती उपकरण र संरचनालाई अस्पतालमा ल्याएर प्रयोग गरिने दंगालले बताउनु भयो ।
दमक नगरपालिकाले कोरोना उपचारमा जति काम गर्यो यो एक्लैले मात्रै गरेको चाहि  होईन । यो कुरा नगरकी उप प्रमुख अधिकारी स्विकार गर्नु हुन्छ । महामारीमा स्थानीय सरकारले मात्रै गर्ने काम नागरिकको सुरक्षाका लागि पर्याप्त हुँदैन भन्ने कुरा प्रष्टसँग बुझेको स्थानीय सरकारले यहाँ रहेका सघं सस्थाहरुलाई अधिकतम  परिचानल गर्यो । राहत बाढ्न देखी लिएर, अस्पताल निर्माण र त्यहाँ चाहिने उपकरण जुटाउन समेत सबै क्षेत्रलाई सहि तरीकाले परिचान गरेका कारण दमकमा यत्तीको संरचना बन्न सकेको र उपकरण जोड्न सकिएको नगरकी स्वास्थ्य समिती  अध्यक्ष तथा उप प्रमुख गीता अधिकारी बताउनु हुन्छ ।

दमक नगरपािलकाले कोरोना नियन्त्रण गर्नकालागि करिव ३ करोड रुपैँया मात्रै खर्च गरेको छ । तर यहाँ बनेका संरचना र उपकरणहरुको मुल्य जोड्ने हो भने झण्डै १० करोडको हाराहारीमा छ । बाँकी बजेट यहाँ रहेका सघं सस्था, प्रदेश १ सरकार र विषेश गरि केन्द्र सरकारका साथै यहि क्षेत्रका प्रतिनिधी सभा सदस्य केपी ओलीको सांसद निर्वाचन क्षेत्रका लागि छुट्टिएको बजेटपनि यहि प्रयोग गरेपछि दमकमा यत्तीको संरचना बनेका हुन ।
कोरोना निन्यन्त्रकालागि जुटाइएका यी संरचना अहिले सुरक्षीत गरेर राखीएको छ । कोरोना कम भएको भन्दै अस्पतालमा बिरामी नगएपछि अस्पताललाई पनि स्थगतीत गरिएको छ । तर स्थाई रुपमै बनेका संरचना र सँधै प्रयोगमा आउने उपकरणलाई तत्कालै यसरी र यो प्रयोजनमा अव प्रयोग गरौ भनेर कुनै निणर्य चाहि नगरिएको नगर प्रमुख रोमनाथ ओलीले बताउनु भयो । उहाँले  कोरोना पूणर्रुपमा नसकिएको र जोखिम अझै कायमै रहेकोले तत्तकाललाई त्यसै बिरुद्ध लड्न तमतयारी अवस्थामा राखीएको र कोरोना उन्मोलन नै भएपछि ती संरचना र उपकरणलाई कहाँ र कसरी प्रयोग गर्ने भन्नेबारेमा निणर्य हुने नगर प्रमुख ओलीले बताउनु जानकारी दिनुभएको छ ।
दमकमा बिषेश गरि उद्योग वाणिज्य सघं, सबै लायन्स क्लवहरु, रोटरी क्लव अफ दमक लगायत अन्य सामाजिक सघं सस्थाहरुले कोरोना नियन्त्रणका लागि आर्थीक देखी भौतीक निर्माण सम्म नै सहयोग गरेका छन् । महामारी नियन्त्रणमा आम दमकबासी एक छौ भन्ने आभाष पनि यो बेला देखिएको भन्दै नगरले यी क्षेत्रको प्रशषां पनि गरेको छ ।                        भिडियो      https://youtu.be/euXKhhtS9_k

Share: