अवसर बन्यो कोरोना

कोभिड बुटि श्रींखला ३ भाग ३ कोरोना नियन्त्रण चुनौतीसंगै अवसर पनि, दमकमा अस्पताल संरचना निर्माणदेखि करोडौको उपकरण जडान (भिडियो सहित)

दमक /                                                                    कोरोना काल सुरु भएपछि  चुनौती धेरै आए । कसैको नोकरी गयो । कोहि ब्यापार र व्यवसायबाट पलायननै पनि हुन पर्यो । तर यहि अवस्थामा केहि सिक्ने र बुझ्ने पनि मौका मिल्यो । नयाँ तरिका र विकल्पका बारेमा छलफल भयो । यसलाई कतिले अवसर पनि  ठाने । कोरोना कालमा सबैको एउटै लक्ष्य बन्यो स्वास्थ्य क्षेत्र चाहि मजबुद बनाउन पर्ने रहेछ भन्ने । हो दमक नगरपालिकामा पनि यहि बेलामा धेरै स्वास्थ्य संरचना बने । कयौ नयाँ उपकरणहरु जोडिएका छन् । जसले कोरोना कालमा मात्र होईन सामान्य बेलामा पनि स्वास्थ्य सेवा प्रवाह गर्न सहज बनाएको छ । कोभिड बुटिको तेह्रो श्रींखलाको भाग तीनमा कोरोना दमकमा कोरोना कालमा कस्ता संरचना र उपकरण थप गरिए भन्ने बारेमा तयार पारिएको छ ।
दमक स्थित दमक अस्पतालमा अक्सिजन प्लान्ट बनि सकेको छ । यसको अस्पताललाई औपचारिक हस्तान्तर्ण पनि  भइसक्यो । कोरोना कालमा सबैभन्दा धेरै आवश्यक परेको अक्सिजन ढिलै भएपनि  प्रतिघण्टा ४० घनमिटर उत्पादन हुने गरिको  अक्सिजन अव यहिबाट उत्पादन हुन्छ । अव दमकमा अक्सिजनको अभाव झेल्न नपर्ने बताइएको छ । यस्तै कोरोना संक्रमितको उपचारका लागी ३० शैयाका  कोरोना विषेश अस्पतालको संरचना नै बन्यो । यहाँ आवश्यक पर्ने बिभिन्न उपकरणहरु पनि यहाँ जडान गरिएका छन् । श्रोत साधन सहितको २५ शैयाको आइसुलेसेन अहिले पनि छ । यस्तै आम्दा अस्पतालमा यहाँका सामाजिक सस्थाहरुको अगुवाईमा इमरजेन्सि वार्ड नै बन्यो । यस्तै यहाँ आइसियू भवन पनि बनाउन यहाँका सामाजिक सघं सस्था अग्रसर भएर लागी परेका छन् । यस्तै  कोरोनाको असर बालबालिकामा पनि देखिन थालेपछि यहाँ बाल अस्पतालनै बनाउने काम पनि धमाधम चलिरहेको छ । रेडक्रस भवनमा यसको निर्माणको काम अहिले चलीरहेको छ । दमक नगरपालिकाले कोभिडको बेलामा यहाँ रहेका सघं सस्थाहरुको सहकार्यका साथै, आफै, प्रदेश र केन्द्र सरकारसँगको समन्वयमा गरेको काम निकै प्रभावकारी भएको रेडक्रस दमकका सभापति प्रकाश बुढाथोकीले बताउनु भयो । नगरपालिकाले यसको नेतृत्व नगरेको भए सायद दमकमा निकै बिरामीको उपचार नै पाउन नसकेर मृत्यू वरण गनूपर्नेको सख्या अघिक हुने  उहाँकोले मुल्याकंन गर्नु भएको छ ।

भिडियो
https://youtu.be/euXKhhtS9_k
कोरोना संक्रमितको उपचारकालागि भनेर आइसियू,भेण्टिलेटर लगायत अन्य थुप्रैै उपकरण आए  । अहिले कोरोना संक्रमण केहि कम भएको छ । त्यसैले कोरोना अस्पताल हालका लागि स्थगीत गरिएको छ । तर यहाँ रहेका संरचनाहरुलाई दमक अस्पतालमा प्रयोग गरिने अस्पतालकी सुचना अधिकारी देवि दंगालले बताउनु भयो । उहाँका अनुसार कोरोना कालमा आएका सबै सामाग्रीहरुलाई सुरक्षीत गरेर राखीएको छ । कोरोना रिमिट्याम्मै भएपछि  ती उपकरण र संरचनालाई अस्पतालमा ल्याएर प्रयोग गरिने दंगालले बताउनु भयो ।
दमक नगरपालिकाले कोरोना उपचारमा जति काम गर्यो यो एक्लैले मात्रै गरेको चाहि  होईन । यो कुरा नगरकी उप प्रमुख अधिकारी स्विकार गर्नु हुन्छ । महामारीमा स्थानीय सरकारले मात्रै गर्ने काम नागरिकको सुरक्षाका लागि पर्याप्त हुँदैन भन्ने कुरा प्रष्टसँग बुझेको स्थानीय सरकारले यहाँ रहेका सघं सस्थाहरुलाई अधिकतम  परिचानल गर्यो । राहत बाढ्न देखी लिएर, अस्पताल निर्माण र त्यहाँ चाहिने उपकरण जुटाउन समेत सबै क्षेत्रलाई सहि तरीकाले परिचान गरेका कारण दमकमा यत्तीको संरचना बन्न सकेको र उपकरण जोड्न सकिएको नगरकी स्वास्थ्य समिती  अध्यक्ष तथा उप प्रमुख गीता अधिकारी बताउनु हुन्छ ।

दमक नगरपािलकाले कोरोना नियन्त्रण गर्नकालागि करिव ३ करोड रुपैँया मात्रै खर्च गरेको छ । तर यहाँ बनेका संरचना र उपकरणहरुको मुल्य जोड्ने हो भने झण्डै १० करोडको हाराहारीमा छ । बाँकी बजेट यहाँ रहेका सघं सस्था, प्रदेश १ सरकार र विषेश गरि केन्द्र सरकारका साथै यहि क्षेत्रका प्रतिनिधी सभा सदस्य केपी ओलीको सांसद निर्वाचन क्षेत्रका लागि छुट्टिएको बजेटपनि यहि प्रयोग गरेपछि दमकमा यत्तीको संरचना बनेका हुन ।
कोरोना निन्यन्त्रकालागि जुटाइएका यी संरचना अहिले सुरक्षीत गरेर राखीएको छ । कोरोना कम भएको भन्दै अस्पतालमा बिरामी नगएपछि अस्पताललाई पनि स्थगतीत गरिएको छ । तर स्थाई रुपमै बनेका संरचना र सँधै प्रयोगमा आउने उपकरणलाई तत्कालै यसरी र यो प्रयोजनमा अव प्रयोग गरौ भनेर कुनै निणर्य चाहि नगरिएको नगर प्रमुख रोमनाथ ओलीले बताउनु भयो । उहाँले  कोरोना पूणर्रुपमा नसकिएको र जोखिम अझै कायमै रहेकोले तत्तकाललाई त्यसै बिरुद्ध लड्न तमतयारी अवस्थामा राखीएको र कोरोना उन्मोलन नै भएपछि ती संरचना र उपकरणलाई कहाँ र कसरी प्रयोग गर्ने भन्नेबारेमा निणर्य हुने नगर प्रमुख ओलीले बताउनु जानकारी दिनुभएको छ ।
दमकमा बिषेश गरि उद्योग वाणिज्य सघं, सबै लायन्स क्लवहरु, रोटरी क्लव अफ दमक लगायत अन्य सामाजिक सघं सस्थाहरुले कोरोना नियन्त्रणका लागि आर्थीक देखी भौतीक निर्माण सम्म नै सहयोग गरेका छन् । महामारी नियन्त्रणमा आम दमकबासी एक छौ भन्ने आभाष पनि यो बेला देखिएको भन्दै नगरले यी क्षेत्रको प्रशषां पनि गरेको छ ।                        भिडियो      https://youtu.be/euXKhhtS9_k

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सकियो ‘घुमौँ झापा साइकलमा’ कार्यक्रम

बिर्तामोड, चैत ३ । दिगो पर्यटन, स्वस्थ जीवनशैली र सामुदायिक गौरवको अभियानको रुपमा आयोजना गरिएको घुमौँ झापा साइकलमा कार्यक्रम समापन भएको छ । झापा साइक्लिङ

बालेनको ‘ठूलो खेल’ : सरकार बनाउँदै संविधान नै फेरिने संकेत ?

काठमाडौं,३ चैत। ‘दुई तिहाइमा दुई सिट कम’ बहुमतको नजिक पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी—अब बालेन्द्र शाह नेतृत्वमा सरकार बनाउने तयारीमा छ। तर प्रश्न उठेको छ—यो सरकार

जेनजी आन्दोलनको क्षति : ऐतिहासिक भवन पुनर्निर्माण अन्योलमा

काठमाडौं,३ चैत । गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा आगजनीपछि क्षतिग्रस्त भएको बबरमल स्थित सडक विभागको ऐतिहासिक भवन पुनःनिर्माण अनिश्चित

उदयपुरमा हुरी : दुईको मृत्यु, छ जना घाइते

उदयपुर,३ चैत। उदयपुरको कटारी नगरपालिका–५ र ८ मा हुरीबतासबाट दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी

नेपालमा जर्मन प्रविधि लगानीका सम्भावना विषयक अन्तरक्रिया सम्पन्न

काठमाडौं,३ चैत ।नेपालमा स्थानीय तथा वैदेशिक लगानी प्रवद्र्धन गर्ने उद्देश्यका साथ काठमाडौंमा एक विशेष ‘ज्ञान साझेदारी’ (नलेज सेयरिङ) अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल

“मधेश प्रदेश सरकारका १०० दिन:मुख्यमन्त्री यादवले ५१ प्रमुख कामहरु सार्वजनिक”

जनकपुर,३ चैत । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले नेपाली कांग्रेसको नेतृत्वमा बनेको सरकारको पहिलो १०० दिनमा गरेको मुख्य ५१ वटा कामहरु बारे जानकारी गराउनु